अभिकर्ताको लाइसेन्स प्रकृयाको आवेदन खुल्यो, कम्पनीले नै परिक्षा लिने, कति प्राप्ताङ्क आए लाईसेन्स पाईन्छ ?

८ मंसिर २०७९, बिहीबार १७:१८

काठमाडौं। नेपाल बीमा प्राधिकरणले अभिकर्ताको लाइसेन्स प्रकिया खुल्ला गरेको छ । प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरुलाई नै हाललाई लाइसेन्स दिदा अनिवार्य परीक्षा लिन निर्देशन दिएको हो ।
बीमा ऐन अउनु भन्दा अगाडी अभिकर्ताको परीक्षा लिने व्यवस्था थिएन । त्यसैले गर्दा अहिले अभिकर्ताको लाइसेन्स प्रकृयाँ नै रोकिए हो ।

कार्तिक २२ गते पछि जीवन बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्स जारी गरेका छैनन् । अव जीवन बीमा कम्पनीहरुले परीक्षा लिन पाउने छन् । परीक्षामा न्युनतम ५० प्रतिशत ल्याउनु पर्छ । जसमा बन्दमुखी प्रश्नहरु रहनेछन् । बीमा क्षेत्रमा आएको विसङ्गती रोक्न प्राधिकरणले यस्तो निर्देशन दिएको छ।

बीमा प्राधिकरणको यस्तो छ निर्देशन

क. परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नुपर्नेछ ।

ख. परीक्षाको अंकभार १०० उत्तिर्णाङ्क ५० हुनेछ ।

ग. पश्नहरु वस्तुगत हुनुपर्ने छ र प्रत्येक पश्नको अंकभार २ कायम गर्नुपर्नेछ ।

घ. परीक्षा उत्तिर्ण गरेको प्राप्ताङ्क सहितको प्रमाणपत्र जारी गर्नुपर्नेछ ।

ङ. परीक्षा सम्बन्धी काम कारबाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्नेछ ।

च. परीक्षा सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्नेछ ।

छ. परीक्षाको पाठ्यक्रम यसैसाथ संलग्न छ ।

One thought on “अभिकर्ताको लाइसेन्स प्रकृयाको आवेदन खुल्यो, कम्पनीले नै परिक्षा लिने, कति प्राप्ताङ्क आए लाईसेन्स पाईन्छ ?

  1. Lok Bahadur B.K. says:

    यो राम्रो कुरा हो खुशि लाग्यो कसरि कहाँ बाट दिने हो परीक्षा ?

Leave a Reply to Lok Bahadur B.K. Cancel reply

Your email address will not be published. Required fields are marked *


*