यति एयरको जहाज दुर्घटनामा एयर ट्राफिकको गम्भिर त्रुटी, तीन नटिकल माइल पर पुगेर स्टेबल एप्रोच लिने नियम उल्लंघन

४ माघ २०७९, बुधबार ११:१२

काठमाडौं । आइतबार विहान १०ः५९ बजे पोखराको सेतीनदि खोँचमा भएको यति एयरलाइन्सको ९एन एएनसी को एटिआर ७२ जहाज दुर्घटनामा पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरुको गम्भिर त्रुटी देखिएको प्राम्भिक रुपमा प्राप्त तथ्यहरुले औल्याएको छ । क्याप्टेन कमल केसीको नेतृत्वमा काठमाडौंबाट पोखरा जाँदै गरेको सो जहाजको ककपिट भित्रबाट त गम्भिर गल्ती भइरहेकै थियो तर अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले सामान्य दायित्व समेत पूरा नगर्दा गम्भिर दुर्घटना भएको तथ्यले उजागर गरेको छ ।

हरेक विमानस्थलमा कार्यरत एयर ट्राफिकले अवतरणको क्रममा रहेको जहाजलाई टच डाउन हुनुअघि तीन नटिकल माइलको दुरीमा पुगेर एप्रोच लिन निर्देशन दिनुपर्ने कानुनी व्यवस्था छ । पोखरा विमानस्थलको ३० तर्फबाट टच डाउन गर्दा तीन नकिकल माइल अर्थात ५५०० मिटरको दुरीबाटै स्टेवल एप्रोचमा जहाजलाई राखेर धावनमार्गमा लैजान मिल्छ । तर, रन वेको १२ तर्फबाट एप्रोच लिँदा फेवाताल माथिको आकाशमा पुगेर स्टेवल एप्रोच लिएपछि मात्रै धावनमार्गतर्फ जहाज अघि बढाउन मिल्दथ्यो ।

तर, आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको जहाज अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतर्फ हुँदै पश्चिमतर्फ पुगेर धावनमार्गको १२ तर्फबाट एप्रोच लिँदै गर्दा सेती नदिमा खसेर दुर्घटग्रस्त भएको थियो । विहान १०ः५९ बजे भएको घटनामा जहाजले करिब तीन मिनेटदेखि लगातार गल्ती गर्दै गइरहेको थियो । कल साइन ९एन–एएनसीको जहाज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको १२ तर्फबाट एप्रोच लिँदै गर्दा जम्मा १.३ नटिकल माइलमा थियो । प्राप्त तथ्याङ्ककले के देखाउँछ भने टच डाउन गर्न जम्मा २५ सेकेण्ड मात्रै समय हुँदा जहाज भने धावनमार्गको ९० डिग्री बनाएर उडिरहेको थियो । त्यस्तो अवस्थामा जहाज सेती खोँचमा दुर्घटनाग्रस्त नभएको भए २०७४ सालमा काठमाडौं विमानस्थलमा युएस बंगला एयर जसरी धावनमार्गमै दुर्घटनाग्रस्त हुनसक्दथ्यो ।

जहाजले श्रृंखलाबद्ध रुपमा गर्दै गएको त्रुटीलाई एयर ट्राफिक कन्ट्रोलरले प्रमाणित गर्दै अनुमति दिइरहेका थिए । जहाजले एकपछि अर्को गल्ती गर्दै जाँदा नहेर्नु र नियम विपरित १.३ नकिटल माइलबाट मिस एप्रोच लिएर आइरहेको जहाजलाई अवतरण अनुमति दिनु उड्डय सुरक्षा विपरितको अनुमति एयर ट्राफिक कन्ट्रोलरले दिएको देखिएको छ । एयर ट्राफिकले आफ्नो दायित्व पूरा गरेर जहाजलाई धावनमार्गको १२ बाट एप्रोच लिन तीन नटिकल माइल पर पुगेर स्टेवल एप्रोचसहित आउनु मात्रै भनेको भए नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नाम हुने गरी भएको जहाज दुर्घटना टर्ने थियो । एयर ट्राफिकले आफ्नो दायित्व पूरा नगर्दा भएको हवाई दुर्घटनामा अर्बौ रुपैयाँको बीमा दावी भुक्तानी गर्न कम्पनीहरु बाध्ये भएका छन् । जसको प्रत्यक्ष असर हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ ।

नेपालमा हुने सबै हवाई दुर्घटनामा चालकलाई दोष दिने र राज्यका नियमनकारी निकायमा रहेका व्यक्तिहरुलाई उन्मुक्ति दिई अपराधलाई ढाकछोप हुँदै आएको छ । आइतबार विहान पनि पोखरामा भएको हवाई दुर्घटनाका अभियुक्तहरुलाई यसैगरी ढाकछोप भई यस्तै प्रकृतिको अपराधले थप प्रश्रय पाउने हुँदा नव नियुक्त पर्यटन मन्त्रीले तत्काल एक्सन लिनुपर्ने सुरक्षा नागरिक उड्डयन क्षेत्रका जानकारहरुको सुझाव छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*