मर्जपछि सूर्यज्योति लाइफको आजदेखि शेयर कारोबार सुरु, शेयरबजार खुलेको केही समयमा नै सर्किट

११ माघ २०७९, बुधबार ११:२०

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८७ रुपैयाँ ओपनिङ्ग प्राइस पाएको छ । शेयरबजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफको शेयरले ९.९९ प्रतिशत अर्थात ३७ रुपैयाँ ११ पैसाले बढेर शेयरमूल्य ४०८ रुपैयाँ ७० पैसा पुगेको छ ।

कम्पनीको कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर नेप्सेमा अघिल्लो दिन मंगलबार सूचीकृत भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*