हिमालयन उर्जा विकास कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट नियुक्त

१७ माघ २०७९, मंगलवार १०:०७

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । साथै कम्पनीले विद्यूत नियमन आयोगबाट सहमति प्राप्त भएपछि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

साथै कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट एण्ड बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, इक्रा नेपालसँग इस्यु रेटिङ्ग एण्ड लोन रेटिङ्गको लागि सम्झौता भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*