एकीकृत कारोबारपछि यस्तो देखियो सूर्या ज्योति लाइफको प्रगति

११ फाल्गुन २०७९, बिहीबार १८:४५

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये पहिलो मर्जर गरेको सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सबै वित्तिय विवरणमा अब्बल देखिएको छ ।चालु आर्थिक बर्षको ६ महिने वित्तिय विवरणमा दुईथरी विवरण प्रकाशन गनु परेकाले कमै मात्रले राम्रोसँग बुझन पाए ।

बीमापोष्टलाई कम्पनीबाट प्राप्त एकीकृत वित्तिय विवरण अनुसार कम्पनीले मर्जरपश्चात् वित्तिय विवरणमा प्रगति गर्न सफल भएको छ ।मर्जरपश्चात् १८१ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको कम्पनीको बीमा कोषमा २३ अर्ब २ करोड रुपैयाँ रकम संचिति रहेको छ ।

कम्पनीले एकिकृत कारोबार पश्चात् १ अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीले दिएको छ।कम्पनीको जगेडा कोषमा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले २६ अर्ब ५० करोड रुपैयाँ लगानी रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*