चर्को दबाबपछि तीन बैंकले घटाए कर्जाको ब्याजदर, कुनले कति ?
काठमाडौं । चर्को दबाबपछि तीन बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको छ। केन्द्रीय बैंकको नीति अनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाएर राहत दिन सक्नेछन् ।
सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि प्रिमियम घटाएर ब्याजदर घटाईसकेको छ भने एभरेष्ट बैंकले पनि ऋणीहरुलाई राहत दिन सोही उपाय अवलम्वन गरेको छ । सानिमा बैंकले २ प्रतिशत, एभरेष्ट बैंकले १ प्रतिशत र सिटिजन्स बैंकले २ प्रतिशत ब्याजदर घटाएर ऋणीहरुलाई राहत दिएको छ।
चर्कोब्याजदरको मारमा परेका सर्वसाधारणहरुले बैंकहरुका विरुद्धमा सम्झौताहिन आन्दोलन अघि बढेपनि बैंकर्स संघले भने ब्याजदर नघटाउन बैंकहरुलाई कडा निर्देशन दिँदै आन्दोलनको विरुद्धमा बक्तव्यबाजी गरिरहेको छ । तर, यी तीन बैंक बैंकले भने ऋणीहरुलाई राहत दिएको छ।
ब्याजदर उच्च हुँदा कर्जा लगानी हुन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुले ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन सुरु गरेका छन्।त्यसो त बैंकरहरुले बैंकहरुको ब्याजदर विस्तारै घट्दै जाने बताउँदै आएका थिए। यसबीच केही वाणिज्य बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन थालेका हुन्।
चर्कोब्याजदरको मारमा परेका सर्वसाधारणहरुले बैंकहरुका विरुद्धमा सम्झौताहिन आन्दोलन अघि बढेपनि बैंकर्स संघले भने ब्याजदर नघटाउन बैंकहरुलाई कडा निर्देशन दिँदै आन्दोलनको विरुद्धमा बक्तव्यबाजी गरिरहेको छ । तर, यी तीन बैंकले भने आफ्ना ऋणीहरुको बाँच्न नसकेमा बैंक नै नबाँच्ने भन्दै २ प्रतिशतसम्म ब्याजदर घटाउने निर्णय गरेको स्वीकार गरेको छ ।
सानिमा बैंकका सूचना प्रमुख सूचना अधिकारी तेज बहादुर चन्दले सानिमा बैंकले ऋणीहरुलाई बचाउने उद्देश्यले नेपाल राष्ट्र बैंकको नियमनको परिधिभित्रै रहेर ब्याजदर घटाउने कार्यलाई नियमित कार्यको रुपमा गरिरहेको बताए । उनले भने, ‘ब्याजदर घट्ने बढ्ने नियमित कार्य हो । फागुनबाट निक्षेपको ब्याजदर घटेकोले बेसरेट घट्न गई ब्याजदर स्वचालित रुपमा घटेहुन्छ ।’ चन्दले रिपेमेन्टको अवस्था हेरेर थुप्रै राम्रा ऋणीहरुको ब्यादजर घटेको बताए ।
एभरेष्ट बैंकले पनि कर्जाको ब्याजदर औसतमा १ प्रतिशतले घटाएको छ। ‘ब्याजदर अब विस्तारै–विस्तारै घट्दै जान्छ, योभन्दा अघि डिपोजिटको ब्याजदर घटिसकेको छ, त्यसकारण कर्जाको ब्याजदर पनि विस्तारै घट्दैछ’, एभरेस्ट बैंकको एक अधिकारीले भने ।