पाँच लाखभन्दा बढीको बार्षिक बीमामा आम्दानीको स्रोत अनिवार्य, नखुलाए बीमक जरिवानामा पर्ने

१९ बैशाख २०८०, मंगलवार १३:५७

काठमाडौ । बीमितले पाँचलाख बढीको बीमा गराए आम्दानी स्रोत अनिवार्य खुलाउनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा क्षेत्रमा आम्दानीको स्तर भन्दा माथि बीमा गराँउदा पोलिसी सरेण्डर र अपराधजन्य घटना बढ्दै गएको कारण आम्दानीको स्रोत खोल्नुपर्ने अनिवार्य गरेको हो ।

बीमा प्राधिकरणले बीमकहरुले पाँच लाख रुपैयाँभन्दा बढी बार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य तिनुपर्ने व्यवस्था राखेको छ।

बीमितले पाँच लाख भन्दा बढीको बीमा गराएर आम्दानीको स्रोत नखुलाउने बीमा कम्पनीहरुलाई बीमा ऐन अनुसार कारवाही समेत गरिने प्राधिकरणले जनाएको छ। जीवन बीमा गराउँदा कमिशन आइहाल्छ भनेर केहि बीमा अभिकर्ताहरुले बीमा गराउन दवाव दिने गरिएको छ। पोलिसी ल्याप्सको रेशियो नियन्त्रण गर्न जीवन बीमा सम्बन्धी निर्देशिका संसोधन जारी गरेका प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणले पोलिसी ल्याप्सको दर उल्लेख्य बढ्दै गएको भन्दै झार्न बीमा कम्पनीहरुलाई यस अघि नै निर्देशन दिइसकेको छ। त्यस्तै, बीमा रकमको लोभमा भएका हत्या र अपराधजन्य काम समेत हुँदै गएको कारण बीमा प्राधिकरणले यसमा कडाई गरेको हो ।

 

2 thoughts on “पाँच लाखभन्दा बढीको बार्षिक बीमामा आम्दानीको स्रोत अनिवार्य, नखुलाए बीमक जरिवानामा पर्ने

  1. Surya sapkota says:

    पाँच लाख बिमाङ्क हो कि पृमियम हो स्पष्ट पार्दा बुझ्न सजिलो हुन्छ।

Leave a Reply to Punam thokar Cancel reply

Your email address will not be published. Required fields are marked *


*