राष्ट्र बैंकले उत्कृष्ट लाभांश वितरणमा रोक लगाएको नेष्डो लघुवित्तको मुद्दामा सर्बोच्चको कारण देखाउ आदेश

९ जेष्ठ २०८०, मंगलवार १८:१५

काठमाडौं। सर्बोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई कारण देखाउ आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।नेपाल राष्ट्र बैंकले नेस्डो समृद्धि लघुवित्तले प्रस्ताव गरेको लाभांश वितरण गर्न नदिएपछि लघुवित्तले सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेको थियो। लघुवित्तले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागलाई प्रतिबादी बनाएर मुद्धा दर्ता गरेको थियो। सो मुद्धामा सर्बोच्चले कारण देखाउ आदेश जारी गरेको हो।

नेपाल राष्ट्र बैंकले फागुन १० गते भन्दा अगाडि साधारण सभाको लागि स्वीकृति प्राप्त नगरेका सबै लघुवित्तको लाभांश संशोधन गराएर १५ प्रतिशत मात्रै लाभांश दिन स्वीकृति दिएको थियो तर नेस्डो समृद्धि लघुवित्तलाई भने राष्ट्र बैंकले १७.९३ प्रतिशत लाभांश दिन स्वीकृति दिएको थियो। सो पश्चात नेस्डोले सर्बोच्च अदालतमा मुद्धा दर्ता गराएको हो।

लघुवित्तले बैशाख ५ गते मुद्धा दर्ता गरेको थियो। “दुबै पक्षलाई छलफल नभएसम्मको लागि बैशाख ४ गते गरेको राष्ट्र बैंकको नेस्डोको लाभांश सम्बन्धि निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालिन आदेश जारी भएको छ ।

बरिष्ठ अधिबक्ता सुनिल पोखरेल र नेस्डो समृद्धि लघुवित्तका प्रबन्ध निर्देशक अधिबक्ता विश्व प्रकाश प्रसाइले बहस गरेका थिए।

One thought on “राष्ट्र बैंकले उत्कृष्ट लाभांश वितरणमा रोक लगाएको नेष्डो लघुवित्तको मुद्दामा सर्बोच्चको कारण देखाउ आदेश

  1. अनन्त गुरागाई says:

    राम्रो भयो।

Leave a Reply to अनन्त गुरागाई Cancel reply

Your email address will not be published. Required fields are marked *


*