बीमा दाबी भुक्तानीसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कागजात बुझाएको कति दिनमा पाइन्छ दाबी भुक्तानी ?

२५ जेष्ठ २०८०, बिहीबार १२:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । नियमावली बमोजिम प्राधिकरणले बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्थामा सहजता बनाइदिएको छ ।

जीवन बीमाको दाबी फर्स्यौट गर्दा कम्पनीले जीवन बीमा परिपक्व हुनुभन्दा सात दिन अगाडी त्यस्तो जीवन बीमाको दाबी भुक्तानीको लागि बीमितको नाममा लिखित सूचना जारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साथै बीमितले जीवन बीमाको दाबी भुक्तानीको लागि कागजातहरु बीमकसमक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी जीवन बीमालेखको अवधि भुक्तान भएको ७ दिनभित्र सम्बन्धीत बीमितको जीवन बीमाको दाबी भुक्तानी दिनुपर्ने प्रावधान रहेको छ ।

साथै कुनै जीवन बीमालेखको अवधि समाप्त हुनु अगाबै सो बीमालेख लिने बीमितको मृत्यु भएमा ऐनको दफा १२७ बमोजिम भुक्तानी पाउने व्यक्तिले त्यस्तो जीवन बीमाको रकम लिनका लागि तोकिएबमोजिमका कागजातहरु पेश गर्नुपर्नेछ । जसमा हकवालाले दाबी सम्बन्धी विवरण, बीमितको मृत्यु दर्ता प्रमाणपत्र, दुर्घटनाबाट बीमितको मृत्यु भएकोमा मृत्युको कारण सम्बन्धमा शव परीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन, बीमितसँगको नाता प्रमाणपत्र, उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरु संकलन गरी पेश गर्नुपर्नेछ ।

नयाँ बीमा नियमावली बमोजिम सबै काजगातहरु प्राप्त भएपश्चात् जीवन बीमा कम्पनीले बीमा दाबीको सम्बन्धमा पेश भएका काजगात छानबिन गरी आवश्यक भए अन्य कुराहरु समेत बुझि १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको लागि निवेदकको नाममा सूचना जारी गर्नुपर्नेछ । साथै जारी भएको सूचनामा निवेदकले सहमति जनाएमा तीन कार्य दिन भित्र बीमकले दाबी भुक्तानी गर्नुपर्नेछ ।

बीमा नियमावली बमोजिम यता निर्जीबन बीमा दाबी फर्स्यौटमा बीमा गरिएको जोखिमको कारणले बीमा गरिएको वस्तुमा क्षति भएको खण्डमा बीमालेखमा उल्लेख भएकोमा सोही बमोजिम र अन्यको हकमा यथासम्भव छिटो वा क्षतिको प्रमाण नष्ट हुनु अगावै वा निरन्तर क्षति भइरहेको अवस्थामा सम्भव भएसम्म त्यसरी क्षति भइरहेकै अवधिभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, इमेल, फ्याक्स, लिखित पत्र वा अन्य कुनै भौतिक वा विद्युतीय माध्यमबाट खबर वा जानकारी गराउनुपर्नेछ ।

 

One thought on “बीमा दाबी भुक्तानीसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कागजात बुझाएको कति दिनमा पाइन्छ दाबी भुक्तानी ?

  1. Lekhnath poudel says:

    Corona bima ko bhuktani kati barsha ma dine ho

Leave a Reply to Lekhnath poudel Cancel reply

Your email address will not be published. Required fields are marked *


*