वाणिज्य बैंकहरुको शेयरमूल्य घट्दै, लगानीकर्तालाई लगानीको अवसर (एलटीपीसहित)

२७ जेष्ठ २०८०, शनिबार ११:५४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन शेयर बजार ७.२७ अकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ ।बिहीबार शेयर बजार सामान्य अंकले बढेतापनि बैंकिङ्ग उपसूचक चाँही घटेको छ । अन्तिम कारोबारको समयसम्म बैकिङ्ग सूचक ०.२६ प्रतिशतले घटेर १२०३ को बिन्दुमा कायम भएको छ ।

साताको अन्तिम दिन बिहीबार सबै समूहको शेयर बढेकोमा बैकिङ्ग, होटल, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन लगायतका उपसूचक घटेका छन् । साताको अन्तिम कारोबारको दिन २ सय ७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ ।

साता कारोबारको अन्तिम समयसम्म कारोबार भएका २० बाणिज्य बैंकहरु मध्ये ४ बैंकको मात्र शेयरमूल्य बढेको छ । यस समयसम्ममा दुई बैंकको शेयर कारोबार सोही मूल्यमा कायम रहेको छ । साताको अन्तिम कारोबारमा १४ वटा वाणिज्य बैंकको शेयरमूल्य घटेको छ ।

 

यस साताको अन्तिम कारोबारमा स्टान्डर्ड चार्टेट बैंकको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । बैंकको अन्तिम कारोबार ०.४३ प्रतिशतले बढेर ५१५ रुपैयाँमा कारोबार भएको छ ।

दोस्रो नम्बरमा रहेको एनआइसी एशिया बैंकको शेयर कारोबार ०.३५ प्रतिशतले बढेर ७१९ रुपैयाँमा भएको छ । कुमारी बैंकको शेयरमूल्य ०.१९ प्रतिशतले बढेर १६२.१ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बंैकको शेयरमूल्य ०.२ प्रतिशतले बढेर ५३४ रुपैयाँमा कारोबार भएको छ ।

यो साता नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स् बैंकको कारोबार सोही मूल्यमा भएको छ । कारोबारको अन्तिम सातासम्ममा १४ वटा वाणिज्य बैंकको शेयरमूल्य घटेको छ ।

साता कारोबारको अन्तिममा लक्ष्मी बैकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको देखिन्छ । बैकको शेयरमूल्य २.१३ प्रतिशतले घटेर १७४.२ रुपैयाँमा किनबेच भएको छ ।

सनराइज बैकको शेयर १.९१ प्रतिशतले घटेर १७४.६ रुपैयाँमा साताको अन्तिम कारोबार भएको छ । सिद्धार्थ बैंकको १.३० प्रतिशतले घटेर २४३.८ रुपैयाँमा कारोबार भएको छ ।

यस साताको अन्तिम कारोबारमा प्रभु बैंकको १.१७ प्रतिशत, नेपाल एसबिआईको ०.९८ प्रतिशत, एनएमबिको ०.६१ प्रतिशत, प्राइम कमर्सिय बैंकको ०.५७ प्रतिशत माछापुछ्रेको ०.४४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, नेपाल बैंकको ०.३५ प्रतिशत, सानिमा बैंकको ०.२१ प्रतिशत, ग्लोवल आइएमई बैंकको ०.११ प्रतिशत, हिमालयन बैंकको ०.०९ प्रतिशत र नबिल बैंकको ०.०७ प्रतिशतले घटेर साताको अन्तिम कारोबार भएको छ ।

धितोपत्र दोस्रो बजारमा वाणिज्य बैंकहरुको शेयरमूल्य अन्य कम्पनीहरुको तुलनामा कमै हुने गर्दछ । बैंकहरुको शेयरमूल्य घटेपनि जोखिम भने कम हुने गर्दछ । लगानीकर्ताहरुले लङ टर्म इन्भेष्टका लागि बैंकहरु नै रोज्ने गर्दछन् ।

सूचिकृत कम्पनीहरुमध्ये बैंकहरुको चुक्तापूँजी बढी हुने भएकोले पनि शेयरमूल्य थोरै हुने गर्दछ । बैंकहरुको वित्तीय सूचक तथा लाभांश इतिहासलाई हेरेर पनि लगानीकर्ताहरु बैंकको शेयर प्रति आकर्षित हुन्छन् । यस कारण घट्दो शेयर बजारमा बैंकिङ्ग इन्डेक्स घटेको अवस्थामा लगानीकर्ताको लागि यो लगानीको उचित समय हुनसक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*