असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?

२९ जेष्ठ २०८०, सोमबार १५:०६

काठमाडौं । असारमा कर्जाको ब्याज घट्ने भएको छ । असारमा कर्जाको १२.३ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको छ

बैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घट्ने कर्जाको ब्याजदर सोही अनुपातमा घट्ने अनुमान गरिएको छ । चैत महिनामा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर बैशाखमा घटेर १०.२२ प्रतिशत पुगेको छ । असार महिना आधार दर घट्दै १० प्रतिशत भन्दा मुनी पुग्ने बैंकरहरुको आंकलन छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी सरकारले आगामी वर्ष मुल्यवृद्धि ६.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएका कारण ब्याजदर घटाउने स्पेश भए/नभएको विषयमा अध्ययन गरिने बताए ।निक्षेपको ब्याजदर स्थीर राख्ने वा घटाउने भन्ने विषय छलफलको भईरहेको संघले जनाएको छ । निक्षेपको ब्याजदर बढ्दैन् भन्ने निश्चिछ । तत्कालै निक्षेपको ब्याज घटाउनु भन्दा केही महिना स्थीर राख्नु पर्छ भन्ने मान्यता बैंकर्स संघको रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्याजदर सस्तो बनाउने नीति लिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले निर्देशन दिँदैमा विधायिकाबाट मौद्रिक नीति बनाउने अधिकार पाएको केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिन्छ भन्ने कुनै निश्चित छैन ।

यसमा देशको सम्रग अवस्था हेरेर राष्ट्र बैंकले सो अनुरुप ब्याजदर हेरफेर गर्ने काम गर्छ । राष्ट्र बैंकले यसको लागि सम्बन्धीत सरोकारवालाहरुलाई सुझाव पेश गर्न समेत आह्वान गरिसेको छ । राष्ट्र बेंकले मैद्रिक नितिको लागि आन्तरिक छलफलको साथै कार्यविधि समेत तयार पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्याजदर सस्तो बनाउने नीति लिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले निर्देशन दिँदैमा विधायिकाबाट मौद्रिक नीति बनाउने अधिकार पाएको केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिन्छ भन्ने कुनै निश्चित छैन ।यसमा देशको सम्रग अवस्था हेरेर राष्ट्र बैंकले सो अनुरुप ब्याजदर हेरफेर गर्ने काम गर्छ । राष्ट्र बैंकले यसको लागि सम्बन्धीत सरोकारवालाहरुलाई सुझाव पेश गर्न समेत आह्वान गरिसेको छ । राष्ट्र बेंकले मैद्रिक नितिको लागि आन्तरिक छलफलको साथै कार्यविधि समेत तयार पारेको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको रिर्पोटमा आधारदर घटेको देखिएको छ । तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको हो । बैंकको रिर्पोट अनुसार आधारदर घटेको देख्दा थप कर्जाको ब्याजदर सस्तो हुने देखिएको छ ।

आधारदरको आधारमा हेर्दा,

वाणिज्य बैंकहरूको आधारदर घटेको छ । तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको हो । बैंकको रिर्पोट अनुसार आधारदर घटेको देख्दा थप कर्जाको ब्याजदर सस्तो हुने देखिएकोछ ।सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये १७ बैंकहरूको बेस रेट चालू आवको दोस्रो त्रैमासको तुलनामा घटेको छ । बैंकहरूले १२.१३३ प्रतिशत रहको मुद्दती निक्षेपको ब्याजदर गत माघबाट ११ प्रतिशतमा झारेका थिए । यसले बैंकहरूको आधारदर तेस्रो त्रैमासमा घटेको हो । १ वैशाखदेखि लागू हुने कर्जाको ब्याजदर पनि आधारदर घटेको अनुपातमा स्वतः घट्नेछ ।

गत पुसको तुलनामा चैतमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको आधार भने बढेका बैंकहरूको अपरिष्कृत वित्तीय विवरणले देखाउँछ ।राष्ट्र बैंकले बैंकहरूले निक्षेपमा लिने ब्याजदर र कर्जा दिने औसत ब्याजदरको अन्तर घटाउँदै लगेको छ । यो अन्तर ४.४ प्रतिशत रहेकोमा चैतमा ४.२ प्रतिशत र आगामी असार मसान्तमा ४ प्रतिशत कायम गर्नुपर्ने भएको हो ।

कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।यसले पनि कर्जाको ब्याजदर आधारदरले निर्देशित गर्ने स्पष्ट हुन्छ । कर्जाको ब्याजदर घटबढ हुने भए पनि आधारदरमा बैंकहरूले लिने प्रिमियम भने बैंकहरूले आफैँ बढाउन सक्दैन । तर, कर्जाको ब्याजदर घटाउन, प्रिमियम घटाउन भने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । आधारदर बढ्यो भने आफैँ कर्जाको ब्याजदर बढ्ने र घट्दा घट्ने गरी ब्याजदर निर्धारण हुने गर्छ ।

बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्दै आएका छन् । बैंकहरूको ०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको छ । बैंकको आधारदर चैत मसान्तमा ८.६ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत रहेको छ । यस्तै, एकल अंकमा आधारदर रहेका बैंकमा नेपाल बैंक, एभरेष्ट बैंक र नबिल बैंक छन् । नेपाल बैंकको आधारदर ९.९२ प्रतिशत, एभरेष्टको ९.९४ प्रतिशत र नबिल बैंकको ९.९९ प्रतिशत छ ।

यस्तै, चैतमा सबैभन्दा धेरै आधारदर भएको सन्राइजको ११.३४ प्रतिशत छ । माछापुच्छ्रे बैंकको आधारदर ११.३१ प्रतिशत र सिटिजन्स बैंकको ११.१४ प्रतिशत छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*