३५ दिनभित्र ऋण नतिरे ३० व्यक्ति तथा फर्मको घर जग्गा मेरोमाइक्रोफाइनान्स लघुवित्तले लिलाम गर्ने

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१ दिनभित्र संस्थामा सम्पर्क राखि आफूले लिएको कर्जाको सम्पूर्ण सावाँ, ब्याज, थप ब्याज, अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न सूचना जारी गरेको छ । साथै उक्त म्यादभित्र कर्जा भुक्तान नभएमा जमानत लिलामद्वारा विक्री गरिने समेत जनाएको छ ।
संस्थाको शाखा कार्यालय अमरगढी, रामगढवा, बौनिया, बञ्जरिया, हर्दिनेटा, चरिकोट, तेल्घा, सिद्धार्थनगर, पकाहामैनपुर, मुरलिभञ्ज्यिाङ, गोग्ली, गञ्जभवानीपुर र सेढवाबाट तपसिलमा उल्लेखित ऋणीले प्राप्त गरेको कर्जाको सावाँ, ब्याज तोकिएको म्यादमा चुक्ता नगरेको र यस अघि पनि मौखिक र लिखित रुपबाट कर्जा चुक्ता गर्नको लागि अनुरोध गर्दा पनि कर्जाको सावाँ ब्याज, हर्जाना तथा अन्य दस्तुर आदि चुक्ता नगरी शर्त कबुलियतको उल्लंघन गरेको भन्दै उल्लिखित ऋणीको नाउँमा बक्यौता ऋण कर्जा चुक्ता भुक्तान गर्न भनि सार्बजनिक सूचना आज (असार ५) प्रकाशित गरेको हो ।
सूचना प्रकाशिन भएको मितिले २१ दिनभित्र उक्त वित्तीय संस्थामा सम्पर्क राखी आफूले लिएको कर्जाको सम्पूर्ण साँवा, ब्याज, अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न निर्देशन दिएको छ ।
उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा ऋणी, शेयरधनी, सञ्चालक, प्रोप्राईटर, साझेदार, धितो (जमानी) दिनेलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गरिने तथा धितो सुरक्षणको रुपमा धनी वित्तीय संस्थालाई लेखाई दिएको तपसिल बमोजिमको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा सूचना प्रकाशित भएको मितिले २२ औं दिनमा वा सो पश्चात निम्न मिति, समय र स्थानमा प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी वित्तीय संस्थाको नियमानुसार कर्जा असुलीको लागि लिलामद्वारा बिक्री गरिने समेत जानकारी दिएको छ ।
उक्त सम्पत्ति खरिद गरी लिन इच्छुक व्यक्ति तथा संस्थाहरुले शिलबन्दी बोलपत्रमा उल्लेखित शर्तहरुको अधिनमा रही उक्त वित्तीय संस्थाबाट प्राप्त हुने गोप्य शिलबन्दी बोलपत्र फाराम रितपूर्वक भरी पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्ने तथा उक्त वित्तीय संस्था समक्ष प्राप्त हुन आएका बोलपत्रहरु खोल्नको लागि तपसिलमा उल्लेखित मिति, समय र स्थान तोकिएको हुँदा सोही स्थानमा उपस्थित हुन समेत इच्छुक खरिदकर्ता वा निजको आधिकारिक प्रतिनिधि, ऋणी, शेयरधनी, सञ्चालक, प्रोप्राइटर, साझेदार, जमानी दिने तथा सम्बद्ध सबैलाई सूचनामार्फत जानकारी दिएको छ ।












यो गर्नु सहि हो रिन तान्न अनि बुज्झाउन न सक्क्ने लाइ जेल सजाय पनि गर्दा हुन्छ किन भने अवस्य भन्दा बडि रिन तान्ने हरुलाइ घर जग्गा जमिन बेचेर हुछ कि के गेरेर हुन्ह्क्स्क्स बुझाउनु पर्छ