नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

७ असार २०८०, बिहीबार १६:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार क्षमतावान, डायनामीक तथा नेतृत्व गर्नसक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

इच्छुक उम्मेदवारले बैंकको वेभसाइट   https://nsbl.statebank/ मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

One thought on “नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

  1. Sarina Kabu says:

    sarina

Leave a Reply to Sarina Kabu Cancel reply

Your email address will not be published. Required fields are marked *


*