दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन, ओभर नाइट र दैनिक सुविधा प्लस, अन्य कुन–कुन व्यवस्था थप भए ? (निर्देशिका सहित)

१३ असार २०८०, बुधबार ११:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गरेको छ ।राष्ट्र बैंकले व्यवस्थापन समितिको  ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०/ २०७६) स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो । तेस्रो संशोधनमा ’कार्य दिन’को परिभाषा समावेश गरिएको छ ।

दैनिक तथा ओभरनाइट तरलता सुविधासम्बन्धी व्यवस्थाअन्तर्गत सुविधाको सीमा तथा भुक्तानीसम्बन्धी व्यवस्था परिमार्जन गरिएको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले आर.टि.जि.एस. प्रणालीकोLiquidity Management Periodमा राफसाफ खातामा रहेको मौज्दातबाट संस्थाले उपयोग गरेको तरलता सुविधा बापतको रकम शोधभर्ना गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी शोधभर्ना हुन नसकेको सुविधा रकमलाई ओभरनाइट तरलता सुविधाको रुपमा गणना गरिनेछ । यस अघि शोधभर्ना गनुपर्ने व्यवस्था थिएन ।

त्यस्तै अब ३ ओभरनाइटमा कार्यदिनको सट्टा २ ओभर नाइट कार्यदीन हिसाब राफसाफ गर्नु पर्ने छ । जस अनुसार सहभागी संस्थाले लगातार दुई कार्यदिनसम्म ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा दोस्रो कार्यदिनको आर.टि.जि.एस.सीमा कायम रहेको बक्यौता रकम अर्को कार्यदिनको १२ः०० बजेभित्र उक्त रकम भुक्तानी गर्नुपर्नेछ र उक्त दिन रकम भुक्तानी गर्न असमर्थ भएमा यस्तो बक्यौता रकमलाई ९० प्रतिशत बराबर मानी सोको आधारमा १०० प्रतिशत बराबरको थप सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागमा धरौटी राखी धितो व्यवस्थापन खातालाई बैंकले कायम गरिदिएको सीमामा ल्याउनु पर्नेछ ।

उक्त बक्यौता रकम भुक्तान नभएसम्म उक्त रकममा नीतिगत दरमा एक (१) प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइनेछ । यस्तो रकम भुक्तानी भएपश्चात् सीमाभन्दा बढी धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा हुनेछ ।

दैनिक-तरलता-सुविधासम्बन्धी-कार्यविधि-तेस्रो-संशोधन-२०८०-२०७६

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*