अध्ययन नसकिए पनि घोराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने

२० असार २०८०, बुधबार १३:००

काठमाडौं । धितोपत्र बोर्डले अध्ययन सकिए पनि नसकिए पनि घाराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने भएको छ।प्रतिवेदनमा समय लाग्ने भएपनि त्यस अगावै बोर्डले लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने जनाएको छ। बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो।

कम्पनीको सेयरमा ५ लाख ६२ हजारभन्दा धेरैले ९ अर्ब ८३ करोड रूपैयाँ बराबर रकमको आवेदन दिएका थिए।कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो।

कम्पनीको रेटिङ गरेको केयर रेटिङ र सेयर प्रत्याभूतिकर्ताको रुपमा रहेको नागरिक लगानी कोषमाथि पनि धितोपत्र बोर्डले अनुसन्धान अगाडि बढाएको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकहरूमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहे पनि सेयर प्रत्याभूतिकर्ताको काम कोषमार्फत् गरिएको बुझिएको छ।

One thought on “अध्ययन नसकिए पनि घोराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने

  1. बलराम रानाभाट यु ए ई says:

    बैदेशिक राेजगारि बाट ipo भरि बाडफाड भईसकेकाे काे हक मा के हुन्छ ?त्यो रकम पनि फिर्ता हुनुपर्छ ।के के हुनेछ जानकारि पाउ।

Leave a Reply to बलराम रानाभाट यु ए ई Cancel reply

Your email address will not be published. Required fields are marked *


*