बैंकर्स र उद्योगी एउटै व्यक्ति नेपाल बाहेक अन्य देशमा छैन, राष्ट्र बैंक र बैंकहरुको शैलीमा परिवर्तन गर्नुपर्छ:अर्थमन्त्री डा.महत

२६ असार २०८०, मंगलवार १७:२०

काठमाडौं। अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंकर्स र उद्योगी एउटै व्यक्ति नेपालमा बाहेक अन्य देशमा नहुने बताएका छन्। आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने प्रवित्ति बढ्दै गएको हुँदा यस बिषयमा नियमन गनुपर्ने बताएका छन् ।

आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा पूँजी प्रवाह गर्नेछन् भन्ने मलाई लागेको छ । उनले भने ।निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको मन्त्री डा. महतको भनाइ थियो।

उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको भन्दै अहिले प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको बताए।उनले कतिपय वित्तीय संस्था निक्षेपकर्ताको काबु बाहिर गएको भन्दै यसबारेमा राष्ट्र बैंकले उचित निर्णय लिनेछ भन्ने लागेको बताए।

मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता रहेको उल्लेख गर्दै उनले भने ‘तर पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्छ भन्ने मलाई लागेको छ।मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य हो।’

उनले बैंकसँग तरलता भए पनि पूँजीप्रवाह नभएको अवस्थालाई यसले सम्बोधन मौद्रिक नीतिले गर्नु पर्ने बताए।‘आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति हामीकहाँ छ’ मन्त्री महतले भने, ‘आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा पूँजी प्रवाह गर्नेछन् भन्ने मलाई लागेको छ ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताएका छन् ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ।’

वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनै पर्नेमा मन्त्री डा. महतको जोड थियो । उनले भने, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ।’

कार्यक्रममा डा. महतले भने, ‘२०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको हो । बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति छ । यसबाहेक विभिन्न वित्तीय संस्थाहरु आएका छन् । बीमा क्षेत्रमा पनि धेरै निजी कम्पनीहरु आएका छन् । बीमा कम्पनी धेरै भएकाले अहिले मर्जरको कुरा आइरहेको छ ।

वित्तीय क्षेत्रको वृद्धि अन्य क्षेत्रको तुलनामा व्यापक रुपमा भएको छ । प्रविधिमा आएको परिवर्तन आएकाले पारदर्शिता पनि धेरै विकसित भएको छ । यो सबैका लागि खुशीको कुरा हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*