‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने
३१ असार २०८०, आईतवार १०:०६

काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ ।
उक्त योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद–बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहनेछ । यो एउटा खुलामुखी योजना हो ।











