‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने

३१ असार २०८०, आईतवार १०:०६

काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ ।

उक्त योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद–बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहनेछ । यो एउटा खुलामुखी योजना हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*