मौद्रिक नीति अवश्यकता अनुसार फेरबदल हुनसक्छ, राष्ट्र बैंकको प्रणालीअनुसार काम भईरहेको छ: गर्भनर अधिकारी

४ श्रावण २०८०, बिहीबार १४:५३

काठमाडौं । मौद्रिक नीतिमा अवश्यकता हेरेर नीतिगत दरहरू फेरबदल पनि हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। मौद्रिक नीति सम्बन्धमा अर्थ समितिमा आयोजित छलफलमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्।

गर्भनर अधिकारीले आफूलाई राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका छन् । उनले मैद्रिक नितिमा राष्ट्र बैंकले आफ्नो प्रणालीअनुसार नै काम गर्नुपर्न कुनै पाटीगत विचारधारा राख्न नहुने छलफलमा भने।

राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ। हाल नीतिगत ब्याजदर ७ प्रतिशत छ भने बैंकहरूलाई सापट दिने दर ७.५ प्रतिशत छ।

राष्ट्र बैंकका अनुसार असार महिनामा तरलता बाहेक पनि ८८ अर्ब ५४ करोड पुँजी छ। राष्ट्र बैंकले अहिले बैंकबाट ६० अर्ब तरलता खिचेको छ। पुनर्कजा १ अर्ब ५६ करोड लगानीमा छ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले बैंकहरूलाई ९७ खर्ब तरलता दिएको छ। गभर्नर अधिकारीले बाह्य क्षेत्रमा अहिले नसोचेको सुधार भएको बताए। तर, बैंकको कर्जा असुलीमा केही न केही समस्या परेको र व्यवसायमा शिथिलता आएकोले यो अवस्थालाई पनि सहजीकरण गर्नुपर्ने अवस्था रहेको उनले बताए।चालु खाता घाटा गम्भिर रूपमा देखिएकोले त्यसलाई जोगाउनु पर्ने अवस्था रहेको पनि गभर्नर अधिकारीले बताए।

विश्वका धेरै मुलुकले नीतिगत ब्याजदर कसिलो नै राखेको, केहीले यस्तो दर बढाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए।

कोभिडकालिन समयमा बढी कर्जा लिएका व्यवसायीलाई अहिले दायित्व धेरै भएकोले पनि पछिल्लो समय कर्जा कम गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए।
स्थानीय तहको रकम राष्ट्र बैंकले खिचेपछि बैंकहरूले एक अर्काबीच सापट लिने दर बढेर ६.५ प्रतिशत पुगेको पनि श्रेष्ठले बताए। अहिले जोगाएको विदेशी मुद्राको सञ्चिति बचाउनु पर्ने अवस्था रहेको पनि श्रेष्ठले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*