बैंकहरूको आधार दर घट्यो, ऋणको ब्याज अझै सस्तो हुने, कुन बैंकबाट पाइन्छ सस्तो ब्याजदरमा कर्जा ?

१० श्रावण २०८०, बुधबार १२:२१

काठमाडौं। बैंकहरुको आधार दर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो। आधार दर घट्दा बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर समेत घट्छ।

चैत, वैशाख र जेठ महिनामा १६ वटा वाणिज्य बैंकको औसत आधारदर १०.३७ प्रतिशत रहेकोमा वैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशत छ।
राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यस अघिका हरेक तीन महिनाको औसत अनुसार आधार दर तय गर्न सक्ने व्यवस्था गरेको छ।

बैंकहरूको जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्ममा यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ। जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो। आधार दर घट्दा बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर समेत घट्छ।

यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरमा कटौती गरेको छ। अस्थिर बन्दै गएको ब्याजदर नीतिमा स्थायित्व कायम गर्न राष्ट्र बैंकले नीतिगत दरमार्फत सुधारको संकेत गरेको छ।

नीतिगत दरलाई ०.५ प्रतिशत घटाएर ६.५ प्रतिशतमा झारेको छ। योसँगै बैंकहरूलाई राष्ट्र बैंकले ब्याजदर घटाउने संकेत गरेको छ। राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत बिन्दुले घटाएको छ। ५.५ प्रतिशतसम्म बोली लगाउँदै आएका बैंकहरूले अब ४.५ प्रतिशतसम्म लगाउन पाउने छन्। राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतमा कायम राखेको छ।

अब आधारदर सस्तो भएका बैंकहरूको ऋणको ब्याजसमेत सस्तो हुनेछ। बैंकले कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ। आधार दरमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले ऋण लगानी गर्दछन्। त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ, आधार दर घट्दा ब्याजदर पनि घट्दै आउँछ। ‘स्प्रेडदर घटाउनै पर्ने बाध्यताले पनि ऋणको ब्याजदर घट्दैछ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

निक्षेपको नघटे पनि ऋणको भने ब्याजदर घट्दो ट्रेण्डमा रहेको अध्यक्ष केसी बताउँछन्। अहिले आधारदर घटाएर सार्वजनिक गरिरहेकोले ऋणको ब्याजदर घट्ने निश्चित रहेको उनले बताए । स्पेड दर ४ प्रशित घट्दा स्वतः घट्ने उनले बताएका छन् ।

चैत, बैशाख र जेठ महिनामा १६ वटा वाणिज्य बैंकको औसत आधारदर १०.३७ प्रतिशत रहेकोमा बैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशत छ। राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यस अघिका हरेक तीन महिनाको औसत अनुसार आधार दर तय गर्न सक्ने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*