‘नेप्से ३० इन्डेक्स’ आन्तरिक परीक्षणको क्रममा, १३ समूहलाई ६ मा समायोजन गर्ने, कुन क्षेत्रबाट कति छनोट गर्ने, कहिले आउला ? (छनोट प्रकृया सहित )

रिना खत्री
११ श्रावण २०८०, बिहीबार १६:४७

काठमाडौं । लामो समयदेखि विभिन्न वाहानामा अल्झिरहेकोे नयाँ परिसूचक ’नेप्से ३० इन्डेक्स’ अन्तिम चरणमा पुगेको छ। हाल प्रशिक्षणको क्रममा रहेको ’नेप्से ३० इन्डेक्स ’ को रिर्पोट संचालक समितिमा पेश भएपछि मात्रै बजारमा ल्याउने अन्तिम टुंगो लाग्ने नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीले बीमापोष्टलाई बताएका छन् ।

यसअघि असार २७ गते बसेको नेप्सेको संचालक समितिको बैठकले उक्त परिसू्चक आन्तरिक रुपमा परीक्षणमा ल्याउन नेप्सेको व्यवस्थापनलाई अनुमति दिएसँगै प्रशिक्षणमा ल्याएको थियो । आन्तरिक परीक्षण सफल भएपछि उक्त परिसूचक संचालनमा ल्याउने नेप्सेले तयारी गरेको छ। नेप्सेले दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्येबाट ३० वटा मात्र कम्पनी छनोट गरेर तिनको मात्र छुट्टै ‘इन्डेक्स’ बनाएको छ, जसलाई ‘नेप्से ३० इन्डेक्स’ नाम दिइएको हो ।

यो हाल प्रयोगमा रहेका नेप्से इन्डेक्स, सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सटिभ फ्लोट इन्डेक्स जस्तै अर्को नयाँ इन्डेक्स हो । यो फ्रि–फ्लोट विधिमा आधारित हुन्छ । कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयर समावेश गरिने विधि फ्रि– फ्लोट’ हो । यो इन्डेक्सबाट भविष्यमा विभिन्न प्रकारका कारोबार उपकरणहरु समेत सञ्चालन गर्न सकिने नेप्सेले जनाएको छ । यो परिसूचकमा पर्ने ३० कम्पनी नेप्सेले छनौट गरिसके पनि सार्वजनिक भने गरेको छैन ।

यो परिसूचकमा पर्ने कम्पनी छनोटका लागि नेप्सेले विभिन्न मापदण्ड बनाएको छ । ती मापदण्ड पूरा गरेका ३० कम्पनी मात्र यो परिसूचकमा पर्ने छन् ।
दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवालाबाट सुझाव लिएर केही समयभित्रै यसलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ । ’नेप्से ३० इन्डेक्स’ बजारमा तत्काल कारोबार योग्य रहेका सेयरहरूको बजार पुँजीकरणको आधारमा तयार पारिन लागिएको हो।

नेप्सेले प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर कितावी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्यवृद्धि दरभन्दाबढी भएको कम्पनीहरूलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ।

त्यस्तै, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।फ्रि–फ्लोट बजार पुँजीकरण लिइदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ।

त्यस्तै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था गर्न लागेको हो। पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन्।पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राख्न लागिएको हो।

यस्तो इन्डेक्स गणाना विधि पनि नेप्सेले सार्वजनिक गरेको छ। यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधि अनुसार आएका कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ।

नेप्से– ३०मा ३० वटा कम्पनीहरुको कारोबार हुनेछ। नेप्सेले मापदण्डका आधारमा ती कम्पनीहरुको छनोट गरिसकेको छ। नेप्सेका अनुसार १३ वटा समूहलाई ६ वटामा समायोजन गर्दै नेप्से–३० त्तमा समावेश गरिने कम्पनीहरुको छनौट गरिएको छ।

नेप्सले उपसमूहमा समायोजन गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई एउटै समूहमा राखेको छ। यो समूहबाट ८ वटा कम्पनी नेप्से–३० इन्डेक्सका लागि छनौट गरिएको छ।
यसैगरी जीवन र निर्जीवन बीमालाई एउटै समूहमा राखिएको छ। यी सूमहमार्फत पाँच कम्पनी छनोट गर्नेछ ।
.अन्य, होटेल तथा पर्यटन र कारोबारबाट एउटा समूह तयार गरिएको थियो। यो समूहबाट ३ वटा कम्पनी छनौट गरिएको छ। लघुवित्त समूहबाट ७ वटा, जलविद्युत समूहबाट ५ वटा र उत्पादन तथा प्रशोधन समूहबाट २ वटा नेप्से–३० इन्डेक्समा समावेश गरिएका छन्।

छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पु¥याइने भएको छ।

यो इन्डेक्समा रहेका कम्पनीहरू हरेक वर्ष दुई पटक पुनरमूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनरमूल्यांकन गरेर कम्पनी परिर्वतन गरिनेछ।यसका लागि नेप्सेले तयार पारेको यस्तो सूचक गणना विधि लगायतमा लगानीकर्ता सहित सरोकारवालाहरूसँग नेप्सेले राय सुझाव मागेको छ।

नेप्सेले प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर कितावी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्यवृद्धि दरभन्दाबढी भएको कम्पनीहरूलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ।

त्यस्तै, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।

फ्रि–फ्लोट बजार पुँजीकरण लिइदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ। त्यस्तै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था गर्न लागेको हो।
पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन्।

पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राख्न लागिएको हो।
यस्तो इन्डेक्स गणाना विधि पनि नेप्सेले सार्वजनिक गरेको छ। यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधि अनुसार आएका कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ।

समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिने भएको छ।यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ।

तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ। छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पु¥याइने भएको छ।यो इन्डेक्समा रहेका कम्पनीहरू हरेक वर्ष दुई पटक पुनरमूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनरमूल्यांकन गरेर कम्पनी परिर्वतन गरिनेछ।

“प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत सङ्गठित संस्थाको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार सङ्ख्या तथा कारोबार कित्ताका आधारमा कूल भार (कम्पोजिट वेट) गणना गरिनेछ”, नेप्सेले भनेको छ, “सूचीकृत सङ्गठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी छ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नो समूहमा कूल भार (सेक्टरल कम्पोजिट वेट) गणना गरिनेछ ।”

यस्तो गणनापछि उच्चतम भार प्राप्त गर्ने संस्थाबाट आठवटा कम्पनी कम्पनी छनोट गरिनेछ । कुनै समूहमा आठ वटाभन्दा कम संस्था छनोट भएमा सबै संस्थालाई छनोट गरिने जनाइएको छ । अहिले नेप्सेमा विभिन्न १७ वटा इन्डेक्स छन् । सर्वसाधारण लगानीकर्ताको सबैभन्दा बढी चासो भने नेप्से इन्डेक्समा रहन्छ । नेप्से इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार प्रतिविम्बित हुन्छ । राम्रा–नराम्रा, लामो समयदेखि कारोबार नभएकादेखि फ्रिक्वेन्टी कारोबार हुने सबै कम्पनी त्यहाँ हुन्छन् । जसकारण बजारको वास्तविक अवस्था प्रतिविम्बित नहुन सक्छ ।

‘नेप्से ३० इन्डेक्स’ कम्पनी छनोटका आधार :

– कम्पनी विगत ५ आर्थिक वर्षमध्ये अघिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष नाफामा भएको हुनुपर्ने ।

– एउटा समूहबाट अधिकतम २५ प्रतिशत र न्यूनतम १ वटा कम्पनी छनोट गर्ने ।

– प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष नाफामा रहेको ।

– अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत वा सोभन्दा बढी रहेको ।

– कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा बढी रहेको ।

– सेयरधनीको संख्या कम्तीमा २० हजार रहेको ।

– पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५००० कित्ता वा सो भन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको ।

– पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको ।

इन्डेक्सको गणना विधि :

– उपरोक्त मापदण्डहरुबाट छनोट भएर आएका कम्पनीको प्रारम्भिक सूची तयार गर्ने ।

– प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरुको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई देहाय अनुसार भार प्रदान गरी कुल भार गणना गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*