अटो र घरजग्गको जोखिम भार घट्यो, यस्ता छ राष्ट्र बैंकको नयाँ व्यवस्था

१२ श्रावण २०८०, शुक्रबार १५:०९

काठमाडौं । घरजग्गा कारोबारी गर्न दर्ता भएका संस्था वा आयोजनामा जाने घरजग्गा कर्जाको जोखिम भार सय प्रतिशत कायम गरिएको छ।

चालु आर्थिक वर्ष २०८०र८१ को लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कार्यान्वयन गर्ने क्रममा एकीकृत निर्देशक संशोधनको लागि परिपत्र जारी गरेको हो।

हाल सबै रियल स्टेट कर्जाको जोखिम भार एक सय ५० प्रतिशत तोकिएको छ। राष्ट्र बैंकले २५ लाख रूपैयाँसम्मको व्यक्तिगत अटो कर्जाको जोखिम भार समेत एक सय ५० प्रतिशतबाट घटाएर सय प्रतिशत बनाएको छ।

त्यस्तै, अबदेखि व्यक्तिगत आवासीय कर्जाको रुपमा ऋणीले २ करोड रूपैयाँसम्म कर्जा पाउनेछन्। यसअघि यस्तो कर्जा सीमा १ करोड ५० लाख रूपैयाँ रहेको थियो।

One thought on “अटो र घरजग्गको जोखिम भार घट्यो, यस्ता छ राष्ट्र बैंकको नयाँ व्यवस्था

Leave a Reply to [email protected] Cancel reply

Your email address will not be published. Required fields are marked *


*