कृषि भित्रै कृषि बीमाको परिकल्पना गर्नुपर्छः कृषि विज्ञहरु

धनबहादुर मगर
१६ श्रावण २०८०, मंगलवार ०९:३२

काठमाडौं ।खाद्यको लागि कृषि अभियानको आयोजनामा एकीकृत कृषि ऐन २०८० माथि छलफल कार्यक्रम काठमाडौं बबरमहलस्थित साफ फाल्चाको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि डा.वेदुराम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

छलफलमा कार्यक्रममा कृषि मन्त्री, सचिव, सह–सचिव, संघीय संसद, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष, सदस्य तथा कृषिसँग सम्बन्धित विज्ञाहरुको वृहद सहभागीमा गहन छलफलको शुरुवात गरेको हो । कृषि मन्त्रालय, कृषि संघ–संस्था र सरोकारवाला, नियामक निकाय बिच छलफल भएको छ । उक्त छलफल कार्यक्रममा कृषि ऐन मश्यौदा माथि केन्द्रीत गर्दै सहभागीहरूबाट आवश्यक सुझावहरु दिइएको छ ।

छलफल कार्यक्रममा कृषि मन्त्रालयका सह–सचिव डा.राजेन्द्र मिश्रले एकीकृत कृषि ऐन २०८० माथि मन्त्रालयको तर्फबाट बनाएका मश्यौदा पेश गर्दै ऐनका विषय अन्तिम नभएको र लेखन प्रक्रिया अगाडि बढिरहेको बताउँनु भयो । मिश्रले आइडिया शेयर गरेका छौं । ऐनमा व्यवस्था भएअनुसार स्थानीय तहले बजार सञ्चालन गर्न सक्नेछ । अनलाइन बजारलाई नियमनको दायरामा ल्याउन खोजिएको छ । कृषि बजार कोषबाट बजार सञ्चालन हुन्छ । पञ्चायती कालमा कृषि बजार अनुगमन सेवा विभाग नै स्थापना गरेर काम गरेको पाइन्छ । त्यसलाई अपनाउन छोडेपछि अहिले बजार प्रणाली भत्किएको छ ।

कृषि व्यवसाय सञ्चालन करार देवानी संहितामा स्पष्ट गरिएको छ । वर्तमान अवस्थामा करार खेती, प्रमाणीकरण गर्ने प्रविधि र मेकानिज्म छैन । समिति बनाएर लागु गर्ने व्यवस्था हुन्छ । प्रस्तावित मश्यौदामा विशेष कृषि उत्पादन क्षेत्र घोषणा गर्नु सक्ने व्यवस्था छ । कोरियाले गरेको मोडल पनि त्यही हो । यो मोडलले रैथाने कृषि उपज उत्पादनलाई समेत जोडदिने छ ।

कुन उत्पादन कुन ठाउँमा हुन्छ ? स्थानीय तहले उत्पादन गर्ने चक्लावन्दी आली मासेर गरिने चक्लावन्दी नमासिकन गर्ने चक्लावन्दी हुनसक्छ ।
ऐनमा कृषि उपज धितो राखेर ऋण लिनसक्ने, कृषिमा दोहोरो सुविधा लिन नपाउने, दण्ड सजायँको समेत व्यवस्था गरिएको छ । यो मश्यौदा खाद्य सम्प्रभुत्ता ऐन २०७६ लाई टेकेर बनाएको छ । राहतको व्यवस्था गर्न कोषको स्थापना गरिने व्यवस्था छ ।

लम्की स्कीन रोग :
प्रदेश, स्थानीय र संघमा राहत कोषको व्यवस्था छ । तर, कृषिको लागि भनेर छुट्टै व्यवस्था गरेको छैन । कृषि उत्पादन कुनै पनि वहानामा नष्ट गर्न पाइदैन भन्ने प्रावधानको व्यवस्था गर्न लागेको छ । यो मश्यौदा अन्तिम होइन, क्षेत्रगत पछिल्लो कुरा छ । कृषि काउन्सिललाई यस्तै राख्ने वा छलफल गर्ने भन्ने विषयलाई अगाडि बढाएका छौं ।

कृषि विज्ञ अभियानकर्मी डा.कृष्ण प्रसादपौडेलले भविष्यको सन्ततिलाई के दिने हो ? ६० प्रतिशतले माटो बिग्री सकेको अवस्था छ । अब हाम्रो जमीनमा खेती हुँदैन । ५० वर्षसम्म हाम्रो कृषि किन टिकेन । कृषिलाई हेर्ने दृष्टिकोण भएन ।

२०१२ सालमा शुरु गरेको कृषि कहाँ पुग्यो ? विश्वव्यापी संकट हो भने नेपालको सन्दर्भमा कृषि के हो ? अर्थतन्त्र विनाको रोजगारको कुरा आउँछ । कृषिलाई अपरिवर्तनीय हिसाबले विगारेको छ । भू–उपयोगका लागि जमीनको मुद्दा सबैभन्दा जल्दोबल्दो विषय बनेको छ । कृषिलाई सामाजिक उद्यमी भनेर सम्वोधन गर्न खोजिएन । ५० लाख नेपाली खाडीमा काम गर्न जानेको सम्वोधन गर्न पर्र्दैन ? देशको ४ वटा ऐन एकापासमा बाझिएको छ । संविधान प्रदत अधिकार पाउनु पर्छ भन्ने बेला आएको छ ।

समावेशी के हो ? गोजीबाट आएको छ । त्यसलाई भत्काउँ, संविधान अनुसार कार्यन्वयन गर्न सक्दैन भने संघीयता भत्काऔं । अझै पुगेन भने वृहद चिन्तन मनन गर्नुपर्छ । ऐन कसरी बन्छ भन्ने स्वमित्वको पश्नको समाधान गरौं । त्यही पूरानै कुरा चाहीँ दोहा¥याउनु हुँदैन । खेती प्रति पैत्रिक सम्पत्ती नस्विकार्ने कुरा कृषि हुँदैन ।

कृषिको विषयमा कुरा गर्दा किसान सामाजिक उद्यमी हुन् । सवैधानिक व्यवस्था, मौलिक हक, खाद्य सम्प्रभुक्ता, संवैधानिक व्यवस्था, प्रविधिमैत्री नेपाली समाज अब ५० लाख किसानहरु कृषिमा अब कसरी फर्कन्छ भन्ने कुरालाई जवाफ दिनुपर्छ ।

भू–उपयोगको स्वामित्व, एकीकृत उत्पादन प्रणाली उपभोग संस्कृति, अनुसन्धानमा प्रयाप्त दक्षता, संरचना, सम्प्रभुत्ताको कुराका पोषण, भरण पक्षपोषणको कुरा कार्यन्वयन भयो कि भएन । हामीलाई फाइदा भयो की भएन ? अधिकार पाउने संस्था र दण्ड जरिवाना र सजाँयको व्यवस्था दुबैको व्यवस्था गरिनु पर्छ । गोजीबाट हुने दुर्घटनाबाट जोगाउनु पर्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले हाल मश्यौदाको अवस्थामा रहेको कृषि ऐन २०८० नेपाल कानुन आयोगमा प्रयाप्त छलफल भएको बताइएको छ । सबैका कानून छ । कृषिकै कानून नहुने पिन्च प¥यो । वन, सिँचाई, भूमि लगायत चारपाँच विषयमा सोच्यौं । २०७६ साल देखि परिमार्जन गर्दै यो अवस्थामा आएको छौं । यस सम्बन्धमा धेरै वर्क आउट गरेका छौं ।

कृषि मन्त्री डा.वेदुुराम भुसालले कानुन बनाउने काम गरौ । धेरै समय नलगाऔं मस्यौदा तयार भएको छ । गहन रुपमै छलफल भएका छन् । कानून निमार्णको क्षेत्रमा पहल गरेको छु । यहाँले भनेको जस्तो शब्द छैन होला । समेत्न खोजेको विषय सबै समेटेका छौं । यो कृषि ऐन २०८० हो । अझै व्यवस्थित गर्न सुझावहरु प्रदेशहरुमा पठाउँछौं । प्रदेशबाट फिडव्याक लिएर अन्तर प्रदेश समन्वय कानून ल्याएर कृषि मन्त्रालयको समन्वयमा पूरा गर्ने छौं । अर्थ र कानूनको सहमती लिएर संसदमा लान्छौं । विज्ञहरु राखेर छलफल गर्ने कुरा टुंगाऔं भनेको छु । व्यवहारमा जाँदा समस्या आयो भने पुनः छलफल गरौं र छोटो समयमा कसरी राम्रो बनाउन सकिन्छ भनेर विचार ग¥यौं ।

भुमि विज्ञ जगत देउजाले करपोरेटको बाटोमा गयौ भने कृषिमा पछुटाउने पर्ने अवस्था आउन सक्छ । सचिव र मन्त्रीज्यूको विचारमा सरोकारवाला विनाको छलफल नगरि हतारमा ल्याउन लागिएको जस्तो देखिन्छ । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले २०७५ सालदेखि कृषि ऐनको कुरा गर्दै आएका छन् । सिमान्तकृत किसानहरुलाई राखेर छलपल गर्नुपर्छ ।

कृषि अभियन्ता टीकाराम भट्टराइले २०२१ सालपछि कृषि ऐन आएको छैन र शिक्षा ऐन पनि २०२८ सालदेखि आएको छैन कृषि शिक्षा विना नेपालको कृषि अगाडि बढ्न सक्दैन । कृषि जमीनको सुरक्षा नगरिकन कृषिको सुरक्षा कसरी हुन्छ ? धेरै पालिकाले कृषि जमीन छैन भनेको अवस्था छ ।

नेपालको भूगोलमा ६५ प्रतिशत कृषि, वनले ओगटेको छ । वनलाई कसरी जोड्ने ? निजी क्षेत्रको कुरा गर्ने हो भने करपोरेटलाई बुझाइदिऔं । कृषि वनले मिहिनेत गरेर कृषि वन नीति बनाएको छ । कृषि मन्त्रालयले यसलाई कृषि ऐनमा सम्वोधन गरिनु पर्छ । बनाउँदा सरोकारवाला सहभागी छैन भने अर्थ राख्दैन इगो मात्र हुँदो रहेछ ।

कृषि सहकारीका अध्यक्ष खेमराज पाठकले कृषिको जमीन हो भनेर छुट्याउनु पयो । कृषिमा लागत बढीरहेको छ । उद्योग क्षेत्र कुन हो । जग्गा खण्डीकरण प्लटिङ्ग र अंशबाट भएको छ । प्लटिङ्गमा जमीन बाँझो राख्ने पाउदैन भन्ने नीति बनाउनु प¥यो । मल बिक्री गर्ने गराउने ऐन राम्रो बनाएर मात्र हुँदैन कार्यन्वयन गर्नुपर्छ कालीमाटी बजार किसानहरुले आन्दोलन निस्केपछि मन्त्रालयले थेग्न सक्दैन ।

कृषि अभियन्ता सोमत घिमिरेले किसानको वर्गीकरण गर्दा किसानको हित संरक्षणको लागि ल्याउने लागिएको हो भने किसानको लागि शासकीय भार कम गर्नु पर्छ । किसानले भार थेग्न सक्ने अवस्था छैन । कर्मचारीको पुनसंरचना गरिनु पर्छ । कृषिलाई स्थानीयकरण भनेर स्वीकार गयो कि गरेन र वहरलाई दुईचारजना बहादुरले समाएर तेल खुवाइन्थ्यो । कृषि भनेको स्थानीय हो । सेना र प्रहरीले डण्डा लगाएर हुँदैन । मानिसलाई उत्पादन गर्ने तौरतरिका के हो ?

     खाद्य सम्प्रभुत्ता ऐन आएको ५ वर्ष भयो नियमावाली आएन । कृषि क्षेत्र र गैर कृषि क्षेत्र घोषणा गर्दै जमीनको संरक्षण गरिनु पर्छ । खेतीयोग्य जमीन रहेन भने के गर्ने ?

कृषि अभियन्ता प्रमोद ढकालले गाउँका किसानहरुले खानेकुराको वन्दोवस्त गर्नु परिरहेको छ । संरचना भद्दा खालको भयो विषादी मल, बाँडीए पछि कृषि आधुनिकीकरण हुन्छ भन्ने छैन ।

कृषि अभियन्ता प्रयास अधिकारीले कृषक घटाउँदैमा कृषि बढ्दैन जलवायू परिवर्तन हुने साइकल अफ डिफेडेन्सी हुने गरेका छन् । अरुले सिकाईदिएको भरमा कृषिको विकास हुँदैन । हाम्रो पोटेसियल के हो र करपोरेट वेस हो भने बाहिर बस्नु पर्छ ।

कृषि अधिकारकर्मी उषा टिटिक्षुुले म उपभोक्ता हुँ । नेपालको कृषिको पोजिसन के हो र रिभु गरेको छ कि छैन । छोराछोरीलाई कार, घर चाहिन्छ । आजको १०० वर्ष पछि परिवारिक ढाँचा के हो ? आमा भएर जान्न खोजिएको होइन । सबै कषकहरु गाउँघरमा आउनु पर्ने अवस्था आउन सक्छ । पूर्वका पहाडि भेगको कृषकहरुले विषादी मापनको लागि काँकडभिट्टाबाट सिलगुढी पु¥याई पुनः कलकत्ता लगेर विषादी पापन गर्नु पर्छ । फेरि त्यही वस्तुलाई सिलगडीमा ल्याएर बजारमा बिक्री गर्दा कृषिको गुणस्तर के हुन्छ ? सरकारले ५४ वटा स्मार्ट सिटी बनाउन ल्याण्ड पुलिङ्ग गर्दैछ । ५० वर्षमा नेपालको सरकार विष उत्पादन गर्न लागि रहेको छ ।

प्रा.डा.केशव भट्टराईले कृषि सुविधा, कृषि जमीनसँग पु¥याउन राइट अफ पिजेन्ट यू एन ड्रपमा नेपालले हस्ताक्षर गरेको छ । संसारमा कुनै पनि अनुदान नलिएको, विना कृषि कहीँ हुँदैन । दिगो कृषि व्यवसाय काम गर्न ६ हजार किसानमा २ हजार अर्थात ९८.१ प्रतिशतले कृषि सेवा सुविधा पाएको छ । यसले किसानको हित गर्दैन । यस्तो ऐन आउनुभन्दा नआउनु नै राम्रो हुन्छ ।

आरआरएनका पूर्व निर्देशक विरेन्द्र अधिकारीले विधान र नीति बनाउने मात्र होइन । जेल हाल्ने कानुन पनि बनाउनु पर्छ । स्मार्ट सिटी बनाउने वुद्धि भएको मान्छे कस्तो होला ? शासकहरुको अन्तर्राष्ट्रिय सम्बन्ध छ । कार्वन हार्भेष्टिङ्ग गरेको देश अनुसन्धान विकासमा कमजोरी रहेको छ । ४ वर्ष अगाडि देखिएको लम्की स्कीन रोगको नियन्त्रण समयमा किन हुन सकेन । ४६ प्रतिशत आम्दानी कृषि कृषिको नाममा बैंकहरुले लुटेको छ । बैंकको पूँजी २५ प्रतिशत कर तिरेको छ भनेर हुन्न । त्यसले समग्र न्याय प्रणालीलाई विकृतितिर लैजान्छ । स्थानीय तहको मानिसको वुद्धि चाहीँ कमजोर छ । भएका जमीनहरु प्लटिङ्ग गरेर सक्न लागेको छ । चाहे काँग्रेस हुन्, चाहे कम्युनिष्ट कृषि नीतिलाई जोरजाम गरौं ।भुमि अधिकार मञ्चका केन्द्रीय सदस्य नरीराम लोहारले पशुपालनमा एउटा पशुधन स्याहार्न वर्षमा एक बरावर १ लाख २९ खर्च हुँदा वर्षमा आम्दानी ७ हजार हुन्छ । जग्गाको अभाव, अंशवण्डाको व्यवस्था १ जनाको भागमा २८ जनामा बाँड्नु परेको छ । कृषि शिक्षासँग जोडिएको छ । पढाउनको लागि शहरमा आउँछ ।

पशुपालन कृषिकर्मी बाबुराम अधिकारीले कृषि भन्दाभन्दै पशुपन्छी क्षेत्र ओझेलमा परेका छन् । दक्षिण अफ्रिकामा महामारीबाट बँगुर मर्दा किसानहरु विस्थापित भएका थिए । कृषिजन्य उद्योग ब्राण्डिङ्ग नहुँदा छुर्पी, मह लगायत उत्पादन निर्वाध रुपमा ओसार प्रसारमा समस्या आएको छ । कृषिमै, कृषि विमा कम्पनीको परिकल्पना गर्नुपर्छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का सचिव शिवहरि खनालले किसानले सम्मानपूर्वक बाँच्नुु पाउनु पर्ने वातावरणको सिर्जना गर्न पर्ने अवस्था आएको छ । ऐन बनाएर किसानले पाउनु पर्ने सेवा सुविधाहरु अभाव भयो । राजनीति उपलब्धी बाहेक अरु पाएनौं । तालुकदार निकाय मन्त्रालयले किसान प्रतिनिधीलाई खोज्नु प¥यो । ४ वर्ष अगाडि आएको लम्की स्कीन रोगले ठूलो हानी पु¥याउँदा सरकार किसान प्रति जिम्मेवारी भएन ।

अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रेग्मीले कृषिमा करपोरेटको प्रभाव पुर्न भएन र छलफल पुगेन । स्थानीय निकाय र भूमि आयोगको ऐन अलग अलग भएर प्रभावकारी कार्यन्वयन गर्न सकेन । ऐन बनाएर मात्र हुन्न किसानलाई कार्यन्वयन पक्ष फितलो भएको छ ।
राष्ट्रिय किसान आयोगका सदस्य पुष्पा भुसालले कृषि ऐनका विषय आयोगमा २ वर्ष अघि प्रारम्भिक छलफल भएको थियो । कृषि क्षेत्रको लागि २ प्रकारको मोडल अपनाउँदा कृषिलाई अगाडि बढाउन सुझाव दिन्छु ।

राष्ट्रिय योजना आयोगका सदस्य जयवहादुर राउतले आयोग १६ औं योजनाको ड्राफ्टको तयारीमा लागेको बताउँदै विगतमा कृषि प्रणाली बलियो थिएन । नियम कानुन बनाएर मात्र हुँदैन डिमागमा बस्नु पर्ने बताउनु भयो । जतिबेला सूचना प्रविधिको कुनै विकास नहुँदा पनि कृषि प्रणाली बलियो थियो अहिले भत्किएको छ । कृषि किसान, दायरा प्रक्रिया झोलाबाट आउनु हुँदैन । १५ औं योजनाको मध्यवधीमा समीक्षा गर्दा कोभिडले असर पारेको थियो । विश्वव्यापी आर्थिक मन्दीसम्म सेक्टरल छलपल गरेका छौं । विगतमा भएको त्रुटीहरुलाई सच्याउने गरि बनाएका छौं । अहिले पनि हामीले जनसंख्याको ६५ प्रतिशत जनता कृषिमै छन् । निर्मम समीक्षा गर्नु जरुरी छ । जवाफदेही र इमान्दारिताको अभाव देखिरहेको छु । खेतीपातीमा छिमेकी मुलुक संरक्षित छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अशोक चौधरीले कृषि प्रधान देशमा कृषि उद्योग नहुनु दुखःको कुरा हो । कृषि साना किसानमैत्री हुनुपर्छ, आवश्यकता पनि हो । प्रणाली नभएको कारण पछि कृषिमा परेका छौं । मश्यौदा समितिमा तपाईहरु जस्तो विज्ञहरुलाई नराखेकोमा मेरो आपती छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य कुशुमदेवी थापाले कृषि समिति रेमिटेन्स ७५ प्रतिशत खर्च हुन्छ भने भविष्य बनाउनु छ ।माननीय सभासद कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सरस्वती सुब्बाले किसानमूखी विधेयक नभईकन पारित गर्न दिनौं । राजनीति, आर्थिक, प्राविधिक कुरा पनि समावेश हुनुपर्छ । कृषि भन्ने वित्तिकै भूमि र वन सिँचाई छुनु पर्छ । मधेश र कर्णालीका किसानहरुलाई प्रभावमा पार्ने सक्ने आयो भने बजारमुखी मात्र कुरा आयो भने हामीलाई मान्य हुँदैन ।

परराष्ट्र मन्त्री तथा कृषि विज्ञ माननिय मन्त्री विमला राई पौडेलले कुनै ठाउँमा के के अभाव हुन्छ । कुन ठाउँमा के के निर्यात हुन्छ । कुन ठाउँमा के के उत्पादन हुन्छ । आफूले खाएर बचेको उत्पादनलाई मिडलम्यान पोस्ने खालको बनाउने हुनुहुँदैन । ऐन किसानलाई बचाउने खालको आउनु पर्छ । सम्प्रभुत्ता विपरित गर्ने । विल संसदमा आएपछि सारमा संशोधन हुँदैन । संसदबाट खासै परिवर्तन हुनु सक्दैन टालटुल गरेर पठाएको कुरा आउँछ ।

खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले सिँचाईमा सिँचाई मन्त्रालय रकम र अवधि थप्दै राष्ट्रिय गौरवको आयोजना समातेर बसेको दशकौं भैसक्यो । छ हजार नदीनाला भएको मुलुकमा ६५ प्रतिशत जमीनमा सिँचाई सुविधा पुगेको छैन । कम्तिमा उत्पादनमा प्रत्यक्ष सरोकार राख्ने प्राविधिक अन्तर मन्त्रालयहरुको सहकार्य हुनसक्ने गरि एकीकृत ऐन बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको सञ्चालन डा.सुजाता तामाङ्गले गर्नु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*