स्थानीय अधिकार कुण्ठित नहुने गरि १६ औं राष्ट्रिय योजना तयारी गरेका छौंः डा.रमेश पौडेल

१७ श्रावण २०८०, बुधबार ०९:३५

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) र फेडेरेशन अफ नेपाल एक्सपोर्ट्स एशोसिएसनको संयुक्त आयोजनामा आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु विषयक पुस्तक विमोचन प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव वैकुण्ड अर्यालको प्रमुख आतिथ्यामा सम्पन्न भयो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष पवनकुमार गोल्यानको स्वागत मन्तव्यबाट शरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले नेपालको अर्थतन्त्रमा निकासी, पैठारी र उत्पादनले ठूलो महत्व राखेको बताए । अर्यालले खास वस्तुहरुमा गरिएको अध्ययनले खास–खास क्षेत्रले नेपालको व्यापार घाटालाई न्यूनिकरण गर्न सहयोग पु¥याएको विचार व्यक्त गरे ।

त्यसैगरि अर्का अतिथि योजना आयोगका माननीय सदस्य डा.रमेशचन्द्र पौडेलले नेपालको आदिवासी खेती प्रविधिको पहिचान गरि खास–खास बालीबाट नेपालको कृषि क्षेत्रलाई बढ्दोत्तरी गरि राष्ट्रिय आयतलाई बढाउने गरि स्थानीय अधिकारको कुण्ठित नहुने गरि कान्लामा समेत फल्ने खाद्यान्न पहिचान गरि तराई र पहाडको झाडीमा समेत फलाउन सक्ने कृषिवस्तु विस्तार गर्न १६ औं योजनाको तयारीमा राष्ट्रिय योजना आयोग लागेको बताए ।

पुस्तकको टिप्पणी एनएफका उपाध्यक्ष देविका बुढाथोकी, अतिथिहरु नेपाल सरकारका पूर्व सचिव भरत पौड्याल, त्रिभुवन विश्व विद्यालयका प्रा.डा अर्थ शाश्त्र विभाग प्रमुख शिवहरि अधिकारी लगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए ।
विमोचित आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनका क्षेत्रहरू विषयक पुस्तकमा

आयत प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न स्थानीय कच्चा पदार्थको अधिकतम उपयोग तथा रोजगारी सिर्जना गर्न सकिने १० वटा वस्तुहरु अध्ययनमा समेटिएका छन् । अल्लो, अलँैची, अगरवत्ती, फेल्ट, अदुवा, जडीबुटी, वस्त्र क्षेत्र, नेपाली हातेकागज, धनियाँ, वेसार तथा प्राकृतिक रेशाबाट बनेको हस्तकलाका सामानहरु बाँस्केट, म्याट, डोको, डालो, यस अध्ययनको विषयमा समेतिएका छन् ।,
अध्ययन गर्दा नेपालको अन्तर्राष्ट्रियस्तरमा प्राप्त १० वर्षको तथ्याङ्कहरूलाई उपयोग गरिएको छ ।,

अध्ययनमा समेतिएका वस्तुहरुको स्वदेशमा उत्पादन, विश्व उत्पादन, विश्व आयत, निर्यात, नेपालको आयत निर्यात तथ्याङ्कहरुलाई विशेष उपयोग गरिएको छ ।,

नेपालको निर्यात, नेपालको आयत भएको वस्तुहरुको अन्य देशले गरेको निर्यात र नेपालले देशगत विविधिकरण गर्दा हुने अतिरिक्त लाभको बारेमा तथ्य र तथ्याङ्क सहित निचोडहरु पुस्तकमा प्रस्तुत गरिएका छन्् । जस्तै अदुवा, अलैची खाडी मुलुक र पश्चिमी देशहरुमा निर्यात गर्दा क्रमशः रु.७४ अर्ब र रु.४० अर्ब कसरी लिन सकिन्छ भन्ने निचोडहरु यस अध्ययन पुस्तकमा प्रस्तुत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*