अनलाइन सपिङलाई थप सुरक्षित बनाउन इसेवाको ‘eScrow’ सुविधा

१८ श्रावण २०८०, बिहीबार १६:३७

काठमाडौं ।

के तपाईं अनलाइन सपिङ गर्दै हुनुहुन्छ?

अनलाइन सपिङ गर्दा हुने ठगी दिनहुँ बढ्दो छ। पछिल्लो समय अनलाइन सपिङ  गर्दा देखिने मुख्य समस्याहरू भनेकोः

0 अग्रिम भुक्तानी गरिने तर भनेको जस्तो सामग्री नहुने।

0 समयमै सामग्रीको डेलिभरी नहुने।

0 अग्रिम भुक्तानी गरेपछि विक्रेता सम्पर्क बिहिन हुने ।

तपाईं कुनै अनलाइन माध्यमबाट केही सामग्री खरिद तथा विक्री गर्दै हुनुहुन्छ? विक्रेताले लाई सामग्रीको भुक्तानी नहुने तथा ग्राहकहरुलाई अग्रिम भुक्तानी गरिने तर भनेको जस्तो सामग्री नपाउने, समयमै सामग्रीको डेलिभरी नहुने र अग्रिम भुक्तानी गरेपछि विक्रेता सम्पर्क बिहिन हुने जस्ता समस्याहरु ग्राहक र विक्रेताहरुमा अनलाइन सपिङ गर्दा हुनसक्छ । दुवै पक्षको यस्तो डर हटाउन र अनलाइन सपिङ ढुक्क बनाउन इसेवाले नयाँ फिचर ‘eScrow’ सार्वजनिक गरेको हो।

इसेवाको मोबाइल एपमै उपलब्ध eScrow फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्छ। यो फिचर विशेष अनलाइन सपिङ समय अथवा अग्रिम भुक्तानी हुने ठगी रोक्न उपयोगी हुन सक्छ। इसेवाले ग्राहकहरूको रकमलाई थप सुरक्षित राख्न यो नयाँ फिचर सार्वजनिक गरेको हो।

के हो eScrow सुविधा?

eScrow सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ। यसले खरिदकर्ता र विक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ। सुरक्षित र भरपर्दो प्लेटफर्म प्रदान गरेर, eScrow ले सम्भावित जोखिमहरूलाई कम गर्छ र अनलाइन सपिङ लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ।

यो सुविधा अन्तर्गत कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ। प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ। यो प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचरको भित्र प्रयोगमा गर्न सक्छन्।

उदाहरणको लागि तपाईंले एक अनलाइन स्टोरबाट सामग्री खरिद गर्दै हुनुहुन्छ। त्यसको लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर तपाईंले ती स्टोरलाई विश्वास गर्न सक्नुभएको छैन। यस्तोमा तपाईंले त्यो स्टोरले पठाएको जानकारीमा रकम पठाउनु भएपनि पूर्ण रूपमा रकम उनीहरूले पाएका हुँदैनन्। तपाईंले पठाउनु भएको रकम तपाईंकै खातामा होल्डमा हुन्छ। सामग्री पाइसक्नु भएपछि  बल्ल सो रकम जारी (रिलिज) गर्न सक्नुहुन्छ।

यो सेवाको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण अनलाइन सपिङ गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु हो। यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीको लागि पैसा पठाउने जोखिमहरू कम गर्न मद्दत गर्नेछ।

अहिले अनलाइन सपिङ लगायत गर्दा ग्राहकहरू ठगिने प्रवित्ति बढेको छ। यस्तो अवस्थाका लागि यो सेवा निकै उपयोगी हुन्छ।

eScrow सुविधा कहाँ उपलब्ध छ?

eScrow सुविधा इसेवाको ‘सेन्ड मनी’ भन्ने विकल्पमा नै उपलब्ध छ। यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ। अज्ञात प्रयोगकर्ताहरूलाई भुक्तानी गर्दा आफ्नो रकमको पनि सुनिश्चितता यो सुविधा मार्फत गर्न सकिन्छ।

यो कसरी काम गर्छ?

eScrow सुविधाको प्रयोग गर्न यी प्रक्रिया अपनाउनुहोस‍्:

१. इसेवाको एपमार्फत आफ्नो खाता लग-इन गर्नुहोस्।

२. होम स्क्रिन मै देखिने ‘Send Money’ विकल्प रोज्नुहोस्।

३. प्राप्तकर्ताको विवरण र पठाउने रकम भर्नुहोस्।

४. सोही पृष्ठमा देखिने eScrow सेवा अन गर्नुहोस्।

यसो गरेपछि सेवा बापतको शुल्क लाग्ने भन्दै नोटिफेकेसन आउँछ। त्यसलाई ‘मान्य छ’ भन्ने विकल्प रोज्नुहोस्।

५. आवश्यकता अनुसार थप विवरणहरू भर्नुपर्ने हुन्छ। सम्पूर्ण विवरण भरेर पुष्टि गर्नुहोस्।

यदी तपाईंले इसेवा मार्फत पहिलो पटक कसैलाई रकम पठाउँदै हुनुहुन्छ र यो सुविधा प्रयोग नगर्ने विकल्प रोज्नुभएको छ भने तपाईंलाई eScrow सुविधा प्रयोग गर्न सूचित गरिन्छ। यद्यपि, तपाईंसँग यो सेवा प्रयोग नगर्ने विकल्प पनि छ।

६. ‘Confirm’ बटन रोज्नुहोस्।

eScrow सुविधा प्रयोग गर्न मान्य हुनुभएपछि तपाईंलाई सेवाको प्रयोगमा लागू हुने सम्बन्धित शुल्कहरूको साथ पुष्टिकरण पृष्ठ देखाइन्छ।

लेनदेनको लागि गर्नुपर्न आवश्यक प्रक्रिया सकेपछि, यो ‘Pending’ स्थितिमा रहन्छ। लेनदेनको अवस्था पेन्डिङमा रहेको प्रेषक र प्राप्तकर्ता दुवैलाई जानकारी गराइन्छ। यो स्टेटमेन्ट र eScrow कार्ड देखाइने पृष्ठको सबैभन्दा माथिल्लो भागमा देखाइन्छ।  प्राप्तकर्ताको लागि नयाँ पेन्डिङ कारोबारहरूको लागि सूचना ब्याज पनि देखाइन्छ।

रकम पठाउने व्यक्तिले सेवा पाइसकेपछि होल्डमा बसेको रकम रिलिज गर्न मिल्छ। रिलिज गरेसँगै प्रेषकले पठाएको रकम प्राप्तकर्ताको वालेटमा स्थानान्तरण हुन्‍छ। सेवा शुल्क भने प्रापकको वालेटबाट काटिन्छ।

तपाईंले यी प्रकारका लेनदेनहरू आफैं व्यवस्थापन गर्न सक्नुहुन्छ। रकम जारी गर्ने/अनुरोध गर्ने वा लेनदेनमा कुनै विवाद भएमा उजुरी फाइल पनि गर्न सकिन्छ। भनेको जस्तो सामग्री र सेवा नपाएमा प्रेषक र प्रापक दुबैले उजुरी दर्ता गर्ने पहुँच छ। यसरी गुनासो वा उजुरी इसेवाको एपमै भएको ‘Complain’ अर्थात् गुनासो विकल्पमा गएर गर्न सकिन्छ। गुनासो गरेपछि इसेवाले दुवै पक्षको कुरा बुझेर सही व्यक्तिलाई भुक्तानी रकम पठाउने काम गर्छ।

eScrowको प्रयोग बापत लाग्ने शुल्क यस प्रकारको छः 

 

eScrow सुविधाबारे थप बुझ्न यो लिंकमा (https://blog.esewa.com.np/terms-conditions-of-secured-transfer/ ) जानुहोस्।

इसेवा एप डाउनलोड गर्नः

bit.ly/eSewa_App

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*