वाणिज्य बैंकहरुको लाभांश क्षमता औषतमा १२ प्रतिशत, कुन बैंकको कति ? (लाभांश क्षमता सहित)

२१ श्रावण २०८०, आईतवार १४:५४

काठमाडौं। वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण अनुसार औषतमा झण्डै १२ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा दुई बैंकको मात्रै मुनाफामा गिरावट आएको छ।

गत आर्थिक बर्षको मुनाफाबाट आठ कम्पनीले मात्रै १० प्रतिशत माथि लाभांश दिन सक्ने देखिएको छ। गत आर्थिक बर्षको मुनाफाबाट एभरेष्ट बैंकले शेयरधनीलाई सर्वाधिक प्रतिफल दिने देखिएको छ। बैंकले आफना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको तुलनामा ४० दशलमव ५० प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।

दुई आर्थिक बर्षदेखि लाभांश घोषणा गर्न नसकेको एनआईसी एशिया बैंकले ४० दशमलव २२ प्रतिशत लाभांश शेयरधनीलाई दिन सक्ने देखिएको छ। बैंकले पुँजिकोष नपुगेको कारण यसअघि पनि आफना शेयरधनीलाई प्रतिफल दिन सकेको थिएन्।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २८.९९ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

त्यस्तै, नविल बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत छ भने १३.९३ प्रतिशत लाभांश दिने क्षमता राख्छ । त्यसैगरी, कृषि विकास बैंकको १०.०६ प्रतिशत लाभांश दिने क्षमता छ । सानिमा बैंकले ९.९८ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने लक्ष्मी सनराइज बैंकले ८.९४ प्रतिशत, ग्लोबल आइएमइ बैंकले ८.२७ प्रतिशत र एनएमबि बैंकले ८.१८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
त्यस्तै, सिटिजन्स बैंकले ७.३ प्रतिशत, नेपाल बैंकले ६.६२ प्रतिशत, सिद्धार्थ बैंकले ५.६४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

प्राइम बैंकले १ प्रतिशत, प्रभु बैंकले ०.६४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छन् ।

लगानीकर्ताको हात खाली बनाउने बैंक
यो आर्थिक बर्षमा तीन बैंकले आफना शेयरधनीलाई लाभांश दिन नसक्ने देखिएको छ। हिमालयन र कुमारी बैंकको लाभांश दिने क्षमता ऋणात्मक छ ।

बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकले लाभांश दिन नसक्ने अवस्थामा देखिएका छन्।

गत वर्षको नाफाबाट सबैभन्दा कम लाभांश दिने क्षमता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । यो बैंकको लाभांश क्षमता ०.४६ प्रतिशत मात्रै छ। गत वर्ष बैंकले ११ प्रतिशत लाभांश दिएको हो ।
प्रभु बैंकको लाभांश क्षमता ०.६४ प्रतिशत छ भने प्राइम बैंकको लाभांश क्षमता १.०६ प्रतिशत रहेको छ । हिमालयन र कुमारी बैंकको लाभांश क्षमता भने ऋणात्मक छ ।
गत वर्ष प्रभु बैंकले ८ प्रतिशत लाभांश दिएको थियो भने प्राइम बैंकले ९.९५ प्रतिशत लाभांश दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*