एकीकृत कारोबार शुभारम्भ गरेको एक बर्ष नबित्दै प्रभु बैंकले कर्मचारीको लागि ल्यायो भिआरएस सुविधा

२४ श्रावण २०८०, बुधबार १२:१३

काठमाडौं । एकीकृत कारोबार शुभारम्भ गरेको एक बर्ष नबित्दै प्रभु बैंकका कर्मचारीले पाए भिआरएस सुविधा पाएका छन् । गत पुस २२ मा प्रभुले तत्कालीन सेन्चुरी कमर्सियल बैसँग एकीकृत कारोबार सुरु गरेको

बैंकले दुई वर्षसम्मको सेवा सुविधासहित भिआरएस योजना ल्याएको हो। बैंकमा करिब ३ हजार २ सय कर्मचारी कार्यरत छन्।बैंकले भिआरएस योजना पाँच वर्षभन्दा कम जागिर भएका सहायक प्रबन्धक (असिस्टेन्ट म्यानेजर) का लागि २० महिनाको कूल तलब र पाँच वर्षमाथि जागिर भएकालाई २४ महिनाको कूल तलब दिएर भिआरएसमा सुविधा दिने भएको छ।

त्यस्तै, अधिकृत तहमा तीन वर्षमाथि जागिर खानेलाई २० महिनाको कूल तलब दिने घोषणा गरी स्वेच्छिक अवकास योजना योजना दिने भएको छ ।कर्मचारी व्यवस्थापन गर्न प्रभुले सेन्चुरीसँग एकीकृत कारोबार गरेको ६ महिनापछि भिआरएस योजनामा कर्मचारी कटौती गर्न लागेको हो।

 

One thought on “एकीकृत कारोबार शुभारम्भ गरेको एक बर्ष नबित्दै प्रभु बैंकले कर्मचारीको लागि ल्यायो भिआरएस सुविधा

  1. krishna says:

    निष्क्रिय वा unproductive manpower कसैको लागी , संस्था , कर्मचारी कै वृत्ति विकास , management , investors , र अर्थतन्त्र कै लागि पनि अनावश्यक र burden मात्र हो ।

Leave a Reply to krishna Cancel reply

Your email address will not be published. Required fields are marked *


*