प्रविधिमैत्री सेवाको लागि प्राधिकरणले ल्याउन लागेको डिजिटाइजेसन कार्यविधि अन्तिम चरणमा, अभिकर्ता र सर्भेयरलाई कसरी समेटिन्छ ?

रिना खत्री
११ भाद्र २०८०, सोमबार १२:२०

काठमाडौं । बैंक वित्तिय क्षेत्र प्रविधि मैत्री बन्दै गईरहेको छ । कोरोना महामारीपछि अन्य क्षेत्र सरी बीमा क्षेत्र पनि अनलाईन बीमा सेवा लोकप्रिय बन्दै गइरहेको छ । पछिल्लो समय बीमा क्षेत्र प्रविधिमैत्री बन्दै गईरहेको छ । यसै सन्दर्भमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले डिजिटाइजेशन कार्यविधि जारी गर्न लागेको छ । सो सम्बन्धी मस्यौदा अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कागजी रूपमा बीमा सुविधा दिँदै आएका बीमा कम्पनीहरु पछिल्लो समय प्रविधिको प्रयोगतर्फ मोडिएका छन् । कम्पनीहरूले अनलाइनबाटै बीमालेख खरिद गर्न सक्ने, दाबी भुक्तानी गर्न सक्ने, बीमाको प्रिमियम तिर्न सक्ने लगायतका अनलाईन सुविधाको विकास गरेका हुन् ।

बिस्तारै मान्छेहरू सूचना, प्रविधिसँग अभ्यस्त भइरहँदा बीमा क्षेत्रमा पनि यसको आवश्यकता अझै बढ्दै गइरहेको बीमकहरु बताउँछन् । बीमाको पहुँच बढाउन र लागत घटाउन बीमामा प्रविधिको आवश्यक रहेको उनीहरुको तर्क छ । अन्य क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोग बढाउँदै जानुपर्ने आवश्यकता बढ्दै नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन् ।

नेपाल बीमा प्राधिकरणले आधुनिक युगको प्रविधिमैत्री बीमा सेवालाई समेटेर डिजिटाईजेशन सम्बन्धी कार्य विधि तयार गरिरहेको छ । हाल अन्तिम चरणमा पुग्न लागेको सो कार्य विधिपछि बीमितले डिजिटल रुपमा बीमा गर्न सक्नेछन् भने बीमा कम्पनीले डिजिटल रुपमा बीमा पोलिसी जारी गर्न सक्नेछन् ।

बीमा कम्पनीहरुले डिजिटल प्रविधिबाट बीमा सेवा सुचारु गर्न थालेसँगै नियामक निकायले पनि कानुनी रुपमा सहजिकरण गर्न डिजिटाइजेशनको मार्ग प्रशस्त गर्न अघि बढेको हो । बीमा प्राधिकरणले छिट्टै नयाँ बीमा सेवा डिजिटाइजेशन सम्बन्धी कार्य विधि समेटिएको निर्देशिका जारी गर्नेछ ।

बीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्दै जाने हो भने गाउँका दुर दराजमा रहेका बस्तीमा बीमाको दायरा पुग्ने क्षेत्रीको तर्क छ । बीमा क्षेत्रमा प्रविधिको आवश्यकता बढ्दै गएको उनले बताए ।

डिजिटल प्रविधि भित्रिएसँगै यसलाई पनि नियमन गर्न नयाँ कार्यविधि बनाउँदै गरेको बीमा प्राधिकरणको भनाई छ । बीमा कम्पनीहरु अझै पनि प्रविधिमैत्री बन्न सकेन भने बीमाको अवस्था पाँच अर्ष अघितर्फ पछाडि हुने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताँउछन् । समय र परिस्थितीलाई मध्यनजर गर्दै बीमा क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउने हेतुले बीमकहरुले लागि प्राधिकरणले डिजिटाईजेशन पोलिसी सम्बन्धी कार्यविधि ल्याउदै गरेको जानकारी दिए । यो कार्यविधिले बीमाको पहुँचवृद्धिमा पनि अह्म भूमिका निर्वाह गर्ने उनको धारणा रहेको छ ।

नयाँ निर्देशिका सम्बन्धमा बीमकहरुसँगको लामो छलफलपछि प्राधिकरण अन्तिम छलफलमा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । उक्त कार्यविधिले अझै अन्तिम रुप पाईसेकेको छैन । छलफलले अन्तिम रुप पाईसकेपछि ड्राफट बोर्डमा राख्नेछौ र कार्यान्वयनमा ल्याउनेछौ, उनले भने ।

बीमा कम्पनीलाई डिजिटाइजेसनमा जान प्रोत्साहन गरिरहँदा पनि बेवास्ता गरेसँगै दीर्घकालीन सोच सहितको प्रविधिमा रुपान्तरण हेतुले कार्यविधि नै अघि बढाएको जनाएको छ।

प्राधिकरणले केही समयदेखि नै कार्यविधि निर्माण प्रक्रिया अघि बढाएको हो । यसबाट बीमा गराउन चाह्ने आम सर्वसाधरणलाई बीमामा सहभागी हुन, दाबी गर्न तथा बिमा भुक्तानी लिन सहज भई बढिभन्दा बढी नागरिकलाई बीमाको दायरामा आउन मद्दत पुग्ने प्राधिकरणको भनाई छ ।

डिजिटल बीमालेख र सम्पूर्ण डकुमेन्ट डिजिटल माध्यमबाटै गर्ने बिषयमा बीमकहरुसँग छलफल सकिएर उक्त ड्राफ्ट अन्तिम चरणमा पुगेको छ । बीमा कम्पनीहरुमा डिजिटल पोलिसी बिक्री गर्ने मापदण्ड बनाउन पनि यो कार्यविधिको ड्राफट तयार पारेको हो ।

जीवन बीमा कम्पनीको हकमा प्रथम बीमाशुल्क, एकल बीमाशुल्क् वा नवीकरण बीमाशुल्क लिँदा एक लाख रुपैयाँ भन्दा बढी रकमको बीमाशुल्क बीमित, बीमा प्रस्तावक, बीमालेख धारक वा बीमितको बीमायोग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट कम्पनीको बैंक खातामा एकाउन्ट पेयी चेक वा डिजिटल माध्यमबाट मात्रै भुक्तानी लिनुपर्ने व्यवस्था प्राधिकरणले यस अघि गरिदिएको छ । भौतिक रूपमा (कागजी स्वरूपमा) जारी गरिने बीमालेखको लागि भने हालकै व्यवस्था लागू हुने प्राधिकरणको भनाई छ ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क वा नवीकरण बीमाशुल्क लिँदा एकलाख रुपैयाँभन्दा बढी रकमको बीमाशुल्क, बीमित, बीमा प्रस्तावक, बीमालेख धारक वा बीमितको बीमायोग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट बीमा कम्पनीको बैंक खातामा एकाउन्ट पेयी चेक वा डिजिटल माध्यमबाट मात्रै भुक्तानी लिन सकिने छ ।

निर्जीवन बीमा कम्पनीको हकमा कुनै पनि प्रकारको बीमा शुल्क एक लाख रुपैयाँ भन्दा बढी रकम बीमित, बीमा प्रस्तावक, बीमालेख धारक वा बीमितको बीमा योग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट बीमा कम्पनीको बैंक खातामा एकाउन्ट पेयी चेक वा डिजिटल माध्यमबाट मात्रै भुक्तानी लिन सकिने छ । जीवन बीमा कम्पनीहरूले डिजिटल बीमालेख जारी गर्न थालेका छन् । अभौतिक बीमालेख जारी गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ।

बीमाको प्रिमियम अनलाइनबाटै तिर्न सकिनेबीमा कम्पनीहरूले बीमाको प्रिमियम अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएका छन्।कम्पनीहरूले राष्ट्र बैंकबाट इजाजतपत्र पाएका भुक्तानी सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै बीमाशुल्क तिर्न सकिने व्यवस्था मिलाएका हुन् । बीमालेख खरिद गर्न चाहाने बीमितले इसेवा, कनेक्ट आइपीएस, एनसीएचएल, खल्ती, सेलकम, फोन पे, खल्ती लगायतका भुक्तानी सेवा प्रदायक संस्थाबाट बीमाको प्रिमियम तिर्न सक्ने छन्।

वैदेशिक रोजगार बीमाको व्यवस्था
वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुले अनिवार्यरुपमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नुपर्ने व्यवस्था छ ।
यस्तो बीमा गर्दा लाग्ने प्रिमियम पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था कम्पनीहरूले मिलाएका छन् । वैदेशिक रोजगारमा जानेहरुले बीमालेख खरिद गर्न तथा बीमाशुल्क समेत भुक्तानी अनलाइनबाट नै गर्न सक्नेछन् ।

बीमा कम्पनीको मोबाइल एपबाट बीमाबीमा कम्पनीहरूले आफ्नो एपमार्फत नै बीमालेख खरिद गर्न सक्ने व्यवस्था मिलाएका छन् ।कम्पनीहरूले प्रविधिको प्रयोगलाई बढाएर ग्राहकलाई सुलभ सेवा दिने लक्ष्यका साथ कम्पनीहरूले मोबाइल एप संचालनमा ल्याएका हुन्
हाल सगरमाथा इन्स्योरेन्स, सूर्या लाइफ, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिटिजन लाइफ, सानिमा लाइफ लगायतका कम्पनीहरूले मोलाइल एप संचालनमा ल्याएका छन् ।

कम्पनीहरूले संचालनमा ल्याएको मोबाइल एपबाट बीमितहरुले आफ्नो बीमाको बारेमा जानकार पाउनुका साथै सोही एपमार्फत बीमालेख समेत खरिद गर्न सक्ने व्यवस्था छ । एपमार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु तथा बीमाशुल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने, बीमा योजना र बीमाशुल्क गणना सम्बन्धी लगायतका अन्य सूविधा समेत पाइने छ ।

नेपालका केही बीमा कम्पनीले बीमा पोलिसी अनलाइबाट खरिद गर्न सकिने व्यवस्था गरेका छन् । तर, अधिकांश बीमा कम्पनी डिजिटाइजेसनतर्फ उन्मुख नै हुनसकेका छैनन् ।
डिजिटाइजेसनमा गएका कम्पनीको सेवा सुविधा र गुणस्तर पनि निकै कमजोर अवस्थामा छ । त्यसैले कस्तो किसिमको मोडालिटी अपनाउने भन्ने विषयमा पनि प्राधिकरणमा व्यापक छलफल भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

‘डिजिटाइजेसनमा जाँदै गर्दा हामीले कस्तो किसिमको मोडालिटी अपनाउने भन्ने विषय पनि प्रारम्भिक चरणदेखि नै छलफलमा छ,’ उनले भने, ‘हाल भारतमा सञ्चालनमा रहेको पोलिसी बजार डटकममा आधारित मोडालिटी अपनाउने हो कि भन्ने जस्तो कुरा चलेको छ ।’

उनले अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न सक्ने किसिमको अवधारणा तयार हुनेगरी कार्यविधि निर्माणको कार्य भइरहेको जानकारी दिए । नागरिकको सहजता र हित प्राथमिकतामा राखी कार्यविधि आउने र त्यसबाट नागरिकलाई नै फाइदा हुने पौडेलको भनाइ छ ।

लघु बीमा कम्पनीहरुलाई समेट्ने

लघु बीमा कम्पनीहरुलाई समेट्ने गरि यो कार्यविधि बनाएको जनाएको छ ।
प्राधिकरणले हालैमात्र नयाँ सात लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । कतिले औपचारिक रुपमा कारोबार समेत शुभारम्भ गरिसकेको छ ।
अनलाइनबाटै पोलिसी जारी गर्न नसकेको खण्डमा लघु बीमाबाट नागरिकले फाइदा लिन सक्दैनन्। यसर्थ, यो कार्यविधिले लघु बिमा र अन्य कम्पनी सबैलाई समेट्ने गरी आउँछ ।’ उनले मोबाइलबाटै दाबी भुक्तानी गर्न सक्ने प्रविधिमैत्री बनाउँदै लघु बिमालाई पनि अगाडि बढाइने बताए ।

डिजिटलाईजेशनमार्फत कसरी हुन्छ काम ?
बीमा प्राधिकरणले हाल ड्राफटको चरणमा रहेको बीमामा डिजिटलाईजेशन कसरी गर्ने भन्ने बिषयमा छलफल भईरहेको छ ।
हाल बनेको ड्राफटको अनुसार अनलाईनबाटै बीमा पोलिसी खरिदबिक्रि गर्न मिल्ने व्यवस्था गर्ने भएको छ । हाल भएको ड्राफटमा सफट्वयर मार्फत गर्ने वा एपलाई नै प्राथमिकता दिने भन्ने बिषयमा अन्तिम निर्णय भईसकेको छैन । जसमार्फत बीमा योजना, बीमा दाबी भुक्तानी, डुकमेन्ट पेश गर्ने बिषय पनि समावेश गरिनेछ ।

अनलाईन सेवामार्फत सहजीकरण हुन्छ ?

अनलाईन मार्फत आफूले बीमा कम्पनीमार्फत लिन चाहेको बीमा योजनामा गएर सम्पूर्ण विवरण पेश गरिसकेपछि कन्र्फमेशन कोड आउँछ ।
सो कोर्ड आएपछि बीमा पोलिसी बीमितले लिएको प्रमाणित हुन्छ । बीमितले बीमा योजना लिईसकेपछि प्रिमियम रकम, नविकरण रकम र दाबी भुक्तानी सबै यसै प्रकृया मार्फत हुने गर्दछ । क्याल लेस र पेपर लेस बनाउने बीमा प्राधिकरणको यो कार्यविधिले पनि ठूलो सहयोग गर्दछ ।
हाल बीमा योजना लिनको लागि सम्पूर्ण बीमितको डकुमेन्ट हयाण्ड र क्यास पनि अधिकांशले कम्पनी वा अभिकर्ताहरुमाझ नै दिने गरेका छन् । यो कार्यविधि आएपछि ह्याण्ड डकुमेन्ट र क्यासको व्यवस्थामा परिमार्जन हुन्छ ।

अभिकर्ता र सर्भेयरको हकमा के हुन्छ ?

अभिकर्ता र सर्भेयरहरुको हकमा पनि यो कार्यविधिले उचित सहयोग गर्ने देखिन्छ । अभिकर्ताहरुले आफनो कोड मार्फत अनलाइन मार्फत बीमा योजना बिक्री गर्न पाउनेछन् ।
अभिकर्ता र सर्भेयरहरुलाई यस कार्यविधिले सहयोग पुराउने प्राधिकरणको धारणा रहेको छ । बर्षैदेखि बीमितहरुको फाइल कार्यालयमा राख्नुपर्ने व्यवस्था यसले अन्त्य गर्ने भएको छ ।
बीमितको सम्पूर्ण डकुमेन्ट सफट्वयरमै सुरक्षित हुने भएको कारण डकुमेन्टको चाङ लिएर कार्यालय भद्रगोल बनाउन र पुरानो फाइल खोज्न झन्झट मान्नुनपर्ने देखिएको छ ।

कम्पनीहरुको प्रतिक्रिया कस्तो छ ?

कम्पनीहरुको पनि यस कार्यविधिमा सकारात्मक धारणा रहेको बताँउछन् ।
बीमा प्राधिकरणले नेपाल बीमक संघ र जीवन बीमक संघसँग छलफल गर्दा कम्पनीहरुले सकारात्मक प्रतिकृया दिएको प्राधिकरण बताँउछन् ।
कार्यविधिको सफ्ट कपी कम्पनीहरुमा पुगीसकेको छ । कम्पनीहरुले पनि यस बिषयमा हाल आन्तरिक छलफल भईरहेको धारणा व्यक्त गरेका छन् । बीमकहरुले उक्त कार्यविधिमा हेरफेर गनुपर्ने बिषयहरुमा प्राधिकरणलाई सुझाव दिएको खण्डमा परिमार्जन गर्न समेत तयार रहेको प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*