एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो बार्षिक साधारणसभा

८ आश्विन २०८०, सोमबार ०८:२८

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

 

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०।५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

One thought on “एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो बार्षिक साधारणसभा

  1. इन्जिनियर बैजु नाथ रौनियार says:

    बडो खुशी को खबर हो हार्दिक बधाई छ

Leave a Reply to इन्जिनियर बैजु नाथ रौनियार Cancel reply

Your email address will not be published. Required fields are marked *


*