जीवन बीमा कम्पनीहरुले गरे म्यादी बीमालेखबाट पौने २२ करोड रुपैयाँ संकलन, कुन प्रदेशबाट कति ? (सूचीसहित)

२४ आश्विन २०८०, बुधबार १७:१७

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को दुई महिनामा जीवन बीमा कम्पनीहरु म्यादी जीवन बीमालेखबाट २१ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले कुल ४२ लाख ६३ हजार ७२० वटा बीमालेख बिक्री गरी सो बीमा शुल्क आर्जन गरेका हुन् ।

विशेषगरी वैदेशिक रोजगारमा जाने कामदारहरुले गर्ने जीवन बीमा नै म्यादी जीवन बीमा हो । खास गरी यो जीवन बीमामा मृत्यु लाभको सुविधा मात्रै उपलब्ध गराएको हुन्छ । तर त्यसमा थप केहि शुल्क बुझाएपछि मृत्यु लाभसँगै स्वास्थ्य उपचार खर्च समेत उपलब्ध हुन सक्छ ।

जीवन बीमा कम्पनीहरु भदौ महिनासम्ममा बागमती प्रदेशमा म्यादी जीवन बीमाबाट सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले यस प्रदेशमा ३६ लाख ५८ हजार ३८२ वटा बीमालेख बिक्री गरी कुल १४ करोड ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।

यसका साथै, जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशमा पाँच लाख ४१ हजार ७८९ वटा म्यादि जीवन बीमालेख बिक्री गरेको छ । कम्पनीले उक्त बीमालेखहरु बिक्री गरी पाँच करोड ५२ लाख १८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले मधेस प्रदेशमा १२ हजार १९० वटा बीमा लेख बिक्री गरी कुल ५० लाख ४६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसका साथै, गण्डकी प्रदेशबाट सात हजार ८३२ वटा बीमालेख बिक्री गरी ४९ लाख ७१ हजार रुपैयाँ, लुम्बिनी प्रदेशमा २१ हजार ८५१ वटा बीमा लेख बिक्री गरी एक करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यसका साथै, कम्पनीहरुले कर्णाली प्रदेशमा सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले यस प्रदेशमा ८ हजार ३३९ वटा मात्र म्यादि बीमालेख बिक्री गरेको छ । कम्पनीहरुले उक्त बीमालेख वापत कुल १७ लाख १७ हजार रुपैmयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

संघिय राजधानीबाट सबैभन्दा टाढा रहेको प्रदेश सुदुरपश्चिम हो । आफैमा सामाजिक, आर्थिक, स्वास्थ्य तथा शैक्षिक स्तरमा नै पछि परेको उक्त प्रदेशमा बीमा व्यवसायमा पनि पछाडी पर्दै आएको छ ।

जीवन बीमा कम्पनीहरुले उक्त प्रदेशमा १३ हजार ५७२ वटा म्यादि जीवन बीमा लेखहरु बिक्री गरेका छन् । कम्पनीहरुले बिक्री गरेका उक्त बीमालेख मार्फत कुल १७ लाख ४६ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले अघिल्लो आर्थिक वर्षदेखि म्यादि जीवन बीमामा पुलको व्यवस्था हटाएको छ ।

म्यादि जीवन बीमामा सामान्यतः ऋणी र आसामीबीच ऋण अवधिभरका लागि गरिन्छ र बीमांक कायम गर्दा ऋण रकम मूल साँवा एकमुष्ठ रुपमा ऋण अवधि भाकाको म्याद पुगेपछि बुझाउने भएमा बीमित ऋणी को मृत्यु भएमा एकमुष्ठ र यदि ऋण रकम ऋणीले किस्ता बन्दीमा साँवा ब्याज दुवै भुक्तानी गर्दै जाने भए तिर्न बाँकी रकम मात्रलाई बीमांक मानी ऋणी वा बिमितको मृत्यु भएको खण्डमा उक्त रकम मात्र बिमकले साहुलाई भुक्तानी गर्दैन ।

ऋणी जीवितै भए पनि निजले कुनै रकम फिर्ता पाउँदैन । बीमांक रकम नघटी एकमुष्ठ तिर्नु पर्नेलाई समतल म्यादी जीवन बीमा र बीमांक घट्दै जानेलाई ह्रासकट्टी म्यादी जीवन बीमा भनिन्छ । या बीमा मुनाफामा सरिक हुने गरी खरिद गन सकिँदैन ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*