बीमा कम्पनीको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी नयाँ व्यवस्था निर्धारण

२५ आश्विन २०८०, बिहीबार १४:२०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । जसमा लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अंकुश लगाईदिएको छ।

पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरेको तीन वर्षसम्म धितोपत्र बजारमा सूचीकृत नभएमा लगानी बराबरको रकम वितरण योग्य मुनाफाबाट घटाउनुपर्ने प्रावधानले बीमकलाई दबाबमा राख्ने भएको हो ।

निर्देशिकाको १६ नम्बर निर्देशनमा पब्लिक कम्पनीको शेयरमा लगानी गरेको मितिबाट तीनवर्षसम्म धितोपत्र बजारमा सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको लगानी रकमलाई वितरण योग्य मुनाफाबाट घटाउनुपर्ने प्रावधान रहेको छ।

साथै बीमा कम्पनीले सेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचलित कानून बमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था राखिएको छ ।

अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरुको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्नेछ । अन्यथा लाभांश वितरण गर्न नपाईने नयाँ व्यवस्थामा राखिएको छ ।

खुद आय वा नोक्सानी र सेयर अफ नेट प्रफिट अफ एसोसियट्स अकाउन्टेड युजिङ इक्विटी मेथड’को बीमा कम्पनीको नाफा–नोक्सानको विवरण मा समायोजन भई सञ्चित मुनाफा हिसाबमा जम्मा भएको धनात्मक ‘फेयर भ्यालु परिवर्तनहरुमा सञ्चित भएको आय’ र ‘सेयर अफ नेट प्रफिट अफ एसोसियट्स अकाउन्टेड युजिङ इक्विटी मेथड’ को कुल रकम बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने नयाँ व्यवस्थामा उल्लेख रहेको छ ।

बीमकको प्रवाह गरेको कर्जामा समेत नोक्सान भएमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान रहेको छ ।प्राधिकरणले वितरणयोग्य मुनाफाको बुँदा नं. १७ को उपदफा १ मा बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था थप गरेको छ ।

त्यस्तै, वित्तीय विवरणमा कर्जाको नोक्सानी गरेको अवस्थामा नोक्सान गरी खर्च लेखाङ्कन गरेको रकम भन्दा उपदफा (१) बमोजिम घटाउनुपर्ने रकम बढी भएमा सो बढी रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ । बीमा कम्पनीले वितरणयोग्य मुनाफा वितरणका लागि पुराना लिन बाँकी हिसाबसमेत घटाउनुपर्नेछ ।

बीमा कम्पनीले बीमा ऐन, २०७९ को दफा ४३ को अधिनमा रहेर वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्नुअघि प्राधिकरणले तोकेको कागजात तथा विषय खुलाई स्वीकृतिका लागि प्राधिकरणमा निवेदन पेश गर्नुपर्नेछ।

बीमा ऐनको दफा १०१ बमोजिम बीमा कम्पनी समस्याग्रस्त घोषणा नभएको, ऐनको दफा ४३ को उपदफा (१) को अवस्था विद्यमान नरहेको, प्राधिकरणले बीमा कम्पनीको व्यवसाय आंशिक वा पूर्ण रुपमा रोक नलगाएको, ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ को व्यवस्था पूर्ण रुपमा पालना गरेको, व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण, बाह्य लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदन र सो सम्बन्धमा बीमा कम्पनीको सञ्चालक समितिले पेश गरेको जवाफ लगायतका कागजातहरु प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

बीमकले पेश गरेको कागजात सम्बन्धमा छलफल गर्न आवश्यक परेमा बीमा प्राधिकरणले बीमा कम्पनीका उच्च व्यवस्थापक लेखापरीक्षक वा सम्बन्धित कुनै व्यक्तिलाई बोलाउन सक्नेछ र त्यसरी बोलाएको बखत प्राधिकरणमा उपस्थित हुनुपर्ने बीमकको वित्तिय विवरणको नयाँ व्यवस्थामा उल्लेख रहेको छ ।

बीमा कम्पनीहरुले प्राधिकरणमा बुझाउने आवेदनमा पनि केहि असपष्ट भए लाभाश वितरणमा अंकुश लाग्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*