काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा, बैंकलाई ऋण प्रवाह गर्न थप पूँजी चाहिने

नगद लाभांश तथा बोनस सेयर वितरणमा कडाई
१ कार्तिक २०८०, बुधबार १६:२६

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ ।एकिकृत निर्देशका अनुसार राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था संसोधन गरेको छ।राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०८० जारी गरेको हो ।

एकीकृत निर्देशन, २०७९ र सो पश्चात २०८० असोज मसान्त सम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको एकिकृत निर्देशन २०८० जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कोभिडका कारण केही वर्ष राष्ट्र बैंकले यसलाई रोकेको थियो । अब अगामी आर्थिक वर्षदेखि नै प्रतिशत बफर नपुर्याउने बैंकलाई नगद लाभांश बाड्न रोक लगाईने राष्ट्र बैंकले प्रष्ट पारिसकेको छ । नयाँ व्यवस्था अनुसार क वर्गका बैंकहरुले क्यापिटल एडुसी फेमव्रक २०१५ बमोजिम र ख, ग वर्गका बैंकहरुलाई २००७ को निर्देशन बमोजिम काउन्टर साइक्लिकल बफरका कायम गर्ने व्यवस्था गरिएको छ ।

यसले बैंकहरुलाई व्यवसाय विस्तार गर्न थप पूँजीको आवश्यकता पर्छ । आर्थिक बर्ष २०८०र८१ को अन्त्यसम्ममा यस्तो बफर ०।५ प्रतिशत कायम गनुपर्ने भएको छ। राष्ट्रिय स्तरका विकास बैंक बाहेक यो व्यवस्था लागू हुने भएको छ।इजाजतपत्रप्राप्त संस्थाले पुँजीकोष सम्बन्धी निर्देशन पालना नगरेमा शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ बमोजिमको कारवाही हुने व्यवस्था गरिएको छ ।

इजाजतपत्रप्राप्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा/ वितरण गर्न पाईने छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*