प्रभु बैंकका संस्थापक देवी भट्टचनले करौडौंको शेयर बिक्री गर्दै, बीमा क्षेत्रमा प्रवेश

१२ कार्तिक २०८०, आईतवार १७:०६

काठमाडौं । प्रभु बैंंकका संस्थापक देवी भट्टचनले ठूलो मात्रामा शेयर बिक्रि गर्ने भएका छन् । सांसद समेत रहेका भट्टचनले प्रभु बैंकमा रहेको ठूलो परिमाणको संस्थापक शेयर बिक्री गर्न लागेको उच्च स्रोतले जनाएको छ ।

प्रभु बैंकको पूर्वअध्यक्ष समेत रहेका भट्टचनले २ करोडभन्दा बढी कित्ता सेयर बिक्री गरेर बाहिरहन लागेका हुन् । उनले बेचेकोमध्ये धेरै शेयर एशियन लाइफ इन्स्योरेन्स र त्यससँग आवद्ध व्यक्तिहरुले किन्ने सहमती भएको बुझिएको छ।

पछिल्लो समय प्रभु गुप्रले एशियन लाइफमा लगानी गर्ने भएको छ । कारण प्रभु बैंंकका संस्थापक देवी भट्टचनले कम्पनीबाट उचित प्रतिफल पाउन यती एयरलाइन्स, पोखराको माउन्टेन ग्लोरी रिसोर्ट, काठमाडौं रविभवनको चारतारे होटल क्राउन इम्पेरियल र प्रभु बैंकको संस्थापक सेयरमा लगानी गर्ने बाटो खुलेका छन्।

कम्पनीले यती एयरलाइन्सको ४९ प्रतिशत, माउन्टेन ग्लोरी होटलको ४० प्रतिशत, होटल क्राउन इम्पेरियलको ५० प्रतिशत र प्रभु गुप्रको ७० लाख कित्ता संस्थापक सेयर खरिद गरेको छ। मर्जर तथा एक्विजिशनमा निकै आक्रामक देखिएका भट्टचन पछिल्लो समय बैंकले दिएको प्रतिफलबाट सन्तुष्ट नभएको बुझिएको छ।

सन् १९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका भट्टचन प्रभु रेमिटेन्स बैंक, बीमा, कार्गो, हेलिकप्टर, इन्भेष्टमेन्ट कम्पनी, सहकारी, वालेट बिजनेश, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकलगायतका व्यवसायमा आवद्ध छन् । ‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको प्रभु विकास बैंक, क्षेत्रियस्तरको गौरीशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभु बैंक बनेको थियो ।

२०७१ माघ १५ गते तत्कालीन ग्राण्ड बैंक प्राप्ति गर्ने सम्झौता गरेको प्रभु बैंकले सम्झौता बमोजिम २०७२ सालमा किन्यो पनि ।

प्रभु पे, प्रभु टिभी, नेपाल सिपिङ प्रभु बैंक, प्रभु म्यानेजमेन्ट, प्रभु कोअपरेटिभ, प्रभु इन्स्योरेन्स, प्रभु हेलिकप्टरमा पनि उनको लगानी रहेको छ। भट्टचन ०७९ को चुनावमा एमालेका तर्फबाट समानुपाति सांसद बनेका छन् ।
एशियन लाइफ २०६४ फागुन १५ गतेदेखि स्थापना भएर २०६४ चैतदेखि जीवन बीमा सेवा शुभारम्भ गरेका छन् ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ हजार रुपैयाँ कायम छ।

जसमा ६० प्रतिशत संस्थापक सेयर, ४० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ। संस्थापकहरुमा ९३ वटा प्रवद्र्धक कम्पनी, २ वटा संस्थागत र बाँकी ९१ जना व्यक्तिगत संस्थापकहरु हुन्।

बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरेपछि कम्पनीले न्यूनतम् पुँजी पुर्याउन कसरत गरिरहेको छ। जसका लागि कम्पनीले प्राधिकरणमा ५८.४५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पेश गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*