चेक बाउन्स भएमा यसरी गर्न सकिन्छ मिलापत्र, दुई वर्ष कैद हुनबाट जोगिने

१४ कार्तिक २०८०, मंगलवार १४:०८

काठमाडौं । चेक बाउन्स (अनादर) मुद्दामा अधिकतम २ वर्षसम्म कैद सजाय प्रस्ताव गरेको सरकारले मिलापत्र पनि गर्न सकिने व्यवस्था ल्याएको छ । विधेयकमा प्रतिवादीले चेकमा उल्लेख भएको रकम चेक लिने व्यक्तिलाई बुझाएमा मिलापत्र हुन सक्ने व्यवस्था गरिएको हो ।

रकमको लेनदेन भईसकेपछि दुवै पक्षले मिलापत्र गर्न चाहेमा अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकारीमार्फत सरकारी वकिलसमक्ष निवेदन दिनुपर्नेछ भने अदालतमा मुद्दा दायर भइसकेको अवस्थामा भने सरकारी वकिलमार्फत अदालतसमक्ष मिलापत्रका लागि निवेदन निवेदन पेश गर्नुपर्नेछ।

यस्तो मुद्दामा मिलापत्रका लागि निवेदन परेको खण्डमा सरकारी वकिलले मुद्दा अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकृतलाई दुवै पक्षबीच मिलापत्र गराइदिन र मिलापत्र भएको व्यहोरा अभिलेखमा जनाई अनुसन्धान स्थगन गर्न सम्बन्धित अनुसन्धान अधिकृतलाई आदेश दिनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी मिलापत्र गरिएको खण्डमा प्रतिवादीलाई ऐनअनुसार कुनै सजाय नहुने विधेयकमा उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*