बीमा प्राधिकरणले लिने अभिकर्ताको परीक्षा सम्बन्धी प्रक्रियागत जानकारी, कसरी फारम भर्ने, कसरी शुल्क तिर्ने ?

१६ कार्तिक २०८०, बिहीबार १५:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक १७ गते अर्थात भोलिदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । नेपाली बीमा जगतमा यस्तो खालको परीक्षा पहिलो पटक हुन लागेको हो । बीमा अभिकर्ताको परीक्षाको लागि प्रश्नपत्र र तालिका प्राधिकरणले सार्वजनिक गरिसकेको छ । परिक्षा अनलाईन एवम् जुममार्फत समेत हुनेछ । प्रत्येक परिक्षामा एक सय जना परिक्षार्थी सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणले परिक्षामा सहभागी हुनको लागि प्रश्नपत्र, सोधिने ढाँचा एवं प्रश्नपत्र तयार पारिसकेको छ । अभिकर्ताको लाइसेन्सको लागि प्राधिकरणले लिने परिक्षाका लागि सम्पूर्ण तयारी गरेर परिक्षा लिन लागिएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको भनाई छ ।

बीमा प्राधिकरणका अनुसार परीक्षार्थीले पाँचसय रुपैयाँ परीक्षा शुल्क बुझाएर समय लिनुपर्नेछ । परिक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । परीक्षा शुल्क बुझाएपछि बल्ल परिक्षार्थी परीक्षामा सहभागी हुन पाउनेछन् ।

प्राधिकरणले दुर्गम क्षेत्रका अभिकर्ताहरुको अवस्थालाई मध्यनजर गरेर जुममार्फत समेत परिक्षा दिन पाउने व्यवस्था गरेको जनाएको छ ।

परिक्षामा सहभागी हुनका लागि प्राधिकरणले सहभागीताका लागी प्रयोग गरिने सूचना प्रविधिको उपकरणका लागी आवश्यक पर्ने विद्युत आपूर्ती र भरपर्दो इन्टरनेट सेवाको व्यवस्था गर्न बीमा कम्पनीहरुलाई आग्रह गरेको छ ।

१ घण्टा ३० मिनेट अवधिका लागि सञ्चालन हुने परिक्षामा एक पटकमा १०० जना परिक्षार्थी मात्र सहभागी हुन सक्नेछन् । परिक्षार्थीले पूर्व निर्धारित समय सीमाभित्र ५० मध्ये कम्तीमा २५ वटा प्रश्नको सही उत्तर रोज्नुपर्नेछ अर्थात कूल पूर्णाङ्कको ५० प्रतिशत अंक प्राप्त गरेमा परिक्षार्थी उत्तिण हुने व्यवस्था रहेको छ ।

परीक्षार्थीहरुलाई अनलाइनमार्फत परिक्षा आवेदन कसरी भर्ने र यसका प्रकृयाहरुको बारेमा सम्पूर्ण जानकारी

परीक्षार्थीले परिक्षामा सहभागी हुनको लागि प्राधिकरणको वेभसाईट डब्लुडब्लुडब्लु एनआईए डट जिओभी डट एनपीमा गएर इन्स्योरेन्स स्टाटिक्समा जाने अनि त्यसभित्र रहेको एजेण्ट इन्र्फमेसनमा जानुपर्दछ ।
उक्त वेबसाइट खुले पश्चात् परीक्षार्थीको नयाँ खाता खोल्नुपर्नेछ । नयाँ खाता खोल्न मोबाइन नम्बर र पासवर्ड राख्ने बक्स खुल्नेछ ।
मोबाईल नम्बर र पासवड राखेपछि दोस्रो चरणमा ‘गो टू रजिष्टर’ भन्ने अप्सनमा देखिन्छ ।

उक्त चरणमा परीक्षार्थीले ‘ओटीपी’ अर्थात मोबाईलमा आउने कोड प्राप्त गरेपछि, गो टू रजिष्टरमा क्लिक गरेर आफुलाई परीक्षा प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

ओटीपी प्राप्त भएपछि मोबाइल नम्बर र ओटीपी कोड राखेर भ्यालिडेट भन्ने बटन थिच्नुपर्नेछ । मोबाइल नम्बर र ओटीपी कोड म्याच भएपछि नयाँ पासवर्ड सेट गर्ने पेज खुल्नेछ । त्यसपछि नयाँ पासवर्ड राख्नुपर्दछ । याद गर्नुहोला । नयाँ पासवर्ड तपाईलाई भविष्यमा आवश्यक परिरहने भएकोले सुरक्षित राख्नु होला ।

नयाँ पासवर्ड सेट भइसकेपश्चात् पुनः इन्टरफेस खुल्नेछ । त्यहाँ आफ्नो मोबाइल नम्बर र सेट गरिएको पासवर्ड राखेर लगइन गर्नुपर्नेछ । त्यसपछि एउटा वेलकम सहितको पेज खुल्नेछ ।

अर्को चरणमा तलपट्टी रहेको इक्जामिनेशन भन्ने सब मेनुमा गई त्यहाँ रहेको मेक पेमेन्ट भन्ने अप्सनमा जानुपर्नेछ ।

परीक्षा शुल्क ५०० रुपैयाँ भरेर त्यहाँ रहेको कनेक्ट आईपीएस र ईसेवामार्फत परीक्षा फि तिर्न सकिनेछ । परीक्षा फिस बुझाएपछि अब तपाई परिक्षाको लागि योग्य बन्नुहुनेछ ।

कनेक्ट आईपीएस वा ईसेवामार्फत फि तिरिसकेपछि पुन लगइनमा गएर सोही प्रक्रियाअनुसार लगइन गरी परीक्षाको डेट छनोट गर्नुपर्ने हुन्छ ।

पहिल्यै नै अभिकर्ताको तालिम लिइसकेको हुनुपर्ने भएकोले तालिममा पढेको र कोर्समा उल्लेखत भएको विषयवस्तुभित्रको प्रश्नपत्रमाथि परीक्षा दिनुपर्नेछ । तोकिएको मितिमा समय अगावै परीक्षा हल वा जुममार्फत परीक्षामा सहभागी भई अनुशासनपूर्वक मर्यादित परीक्षा दिनुपर्नेछ ।

परीक्षा दिइसकेपछि नतिजा पर्खनुपर्नेछ । नतिजा आएपछि बीमा प्राधिकरणले डिजिटल लाइसेन्स प्रदान गर्नेछ ।

Agent-Exam-Guideline

One thought on “बीमा प्राधिकरणले लिने अभिकर्ताको परीक्षा सम्बन्धी प्रक्रियागत जानकारी, कसरी फारम भर्ने, कसरी शुल्क तिर्ने ?

  1. Prakash acharya says:

    तालिम नलिई परीक्षा दिन मिल्छ कि मिल्दैन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*