वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकको ईपीएस सबैभन्दा उच्च, अन्य कुनको कति ? (सूचीसहित)

२० कार्तिक २०८०, सोमबार १६:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष ०८०।०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको मुनाफा बढेको छ ।

मुनाफा बढेसँगै वाणिज्य बैंकमध्ये प्रतिशेयर आम्दानीका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक पहिलो र एभरेष्ट बैंक दोस्रो तथा एनआइसी एसिया बैंक तेस्रो स्थानमा छ ।

समीक्षा अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३५ दशमलव ११ रुपैयाँ रहेको छ । भने एभरेष्ट बैकको २९ दशमलव १९ रुपैयाँ र एनआइसी एशिया बैंकको २६ दशमलव ५८ रुपैयाँ बराबर प्रतिशेयर आम्दानी रहेको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकको २४ दशमलव ७४ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २१ दशमलव ९९ रुपैयाँ, नबिल बैंकको २१ दशमलव ३१ रुपैयाँ, एनएमबि बैंकको २० दशमलव ९८ रुपैयाँ, हिमालयन बैंकको १९ दशमलव ५१ रुपैयाँ बराबरको प्रतिशेयर आम्दानी रहेको छ ।

नेपाल एसबिआई बैंकको प्रतिशेयर आम्दानी १८ दशमलव ९४ रुपैयाँ, माछापुच्छ्रे बैंकको १८ दशमलव ९४ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको १७ दशमलव ८४ रुपैयाँ, प्रभु बैंकको १७ दशमलव ५७ रुपैयाँ, सानिमा बैंकको १५ दशमलव २१ रुपैयाँ, ग्लोबल आईएमई बैंकको १३ दशमलव ७१ रुपैयाँ, सिटिजन बैंकको ११ दशमलव ३४ रुपैयाँ, कुमारी बैंकको चार दशमलव शुन्य तीन रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो त्रैमाससम्ममा नेपाल बैंकको प्रतिशेयर आम्दानी तीन दशमलव ८८ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको एक दशमलव ९ रुपैयाँ, सिद्धार्थ बैंकको एक दशमलव १९ रुपैयाँ रहेको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको प्रतिशेयर आम्दानी २८ दशमलव ८३ बराबरको रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रतिशेयर आम्दानी भनेको के हो ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल को आधार पनि हो । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार पनि हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*