लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न सकेनः अध्यक्ष केसी

आधारदर एकल विन्दुमा आईसकेको छ, बैंकको ब्याजदर घट्छ
२० कार्तिक २०८०, सोमबार १७:०२

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै जाने तत्कालको लागि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

बैंकर्स संघको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।गत आवको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको उनको भनाइ छ ।

चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको केसीले बताए ।‘डिपोजिट पनि धेरै बढ्न सकेन । १२० अर्बले बढ्नु धेरै होइन । निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भयो । खराब कर्जा ३.६१ प्रतिशत पुग्यो’ उनले भने, ‘ दक्षिण एसियाली देश हेर्दा ठिकै छ, डराउनु पर्ने अवस्था छैन । तैपनि सजग हुनै पर्छ । हामी सजग हुँदैछौं ।’

केसीले आर्थिक मन्दीको असर बैंकमा परेको बताए । दक्षिण एशियाली देशसँग तुलना गर्दा नेपाली बैंक ठिक अवस्थामा रहेको उनले बताए ।नेपालमा भन्दा विदेशमा ब्याजदर बढी रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय ब्याजदर घटेको छ । लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको उनले बताए । स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोही अनुसार बैंकहरुले काम गरेको उनको भनाइ छ ।

एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितकालाई ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाको जानकारी दिए । केसीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीले बैंकहरुको खराब कर्जा बढेका कारण पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ प्रोभिजन गरेको बताए । जबकी गत वर्ष ७ अर्ब रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए । विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण १३ बैंकको नाफा घटेको उनको भनाइ छ ।

‘बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेको छ, गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेकोमा यस वर्ष १६ अर्ब गर्नु परेको छ,’ उनले भने, ‘बैंकहरुले व्यवसाय पनि विस्तार गर्न सकेका छैनन्, विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदर, बिजनेस डाउन लगायत कारणले नाफामा प्रभाव परेको हो ।’

निजी क्षेत्रको ब्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको उनले बताए । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएको उनको भनाइ छ ।

गत वर्ष बैंकहरुको औषत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म खराब कर्जा ३.६१ प्रतिशत पुगेको उनले बताए ।

‘बाहिरका देशहरुमा पनि खराब कर्जा धेरै बढेको देखिन्छ, अब कसरी सुधार गर्ने भनेर हामीले अभ्यास गरिरहेका छौं,’ उननले भने, ‘खराब कर्जा प्रति सजग बन्नु पर्छ तर डराउनु पर्ने अवस्थामा छैनौं ।’
सरकारले स्टुमेलिट प्याकेज दिँदा राम्रो भएको तर नेपालमा नदिएको अध्यक्ष केसीले बताए ।

हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताए ।‘अब ब्याजदर घट्ने देखिन्छ, राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव परिरहेको छ, तल जान सक्छ माथि जाने सम्भावना छैन,’ उनले भने । उनका अनुसार बैंकहरुले रिकभरीमा बढी प्राथमिकता दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*