तीन महिनामा क्रेस्ट माइक्रो लाइफको कुल बीमा शुल्क आर्जन ११ लाख बढी, यस्तो छ समग्र वित्तीय अवस्था

२६ कार्तिक २०८०, आईतवार ११:४१

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण आज सार्वजनिक गरेको छ ।

सार्वजनि वित्तीय विवरण अनुसार कम्पनीले तीन महिनामा पाँच लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा कम्पनीले ११ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले आठ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अभिकर्ता कमिशनमा एक लाख १३ हजार रुपैयाँ र पुनर्बीमामा दुई लाख ४४ हजार रुपैयाँ खर्चिएको छ ।

कम्पनीको महाविपत्ति जगेडामा ६ लाख ६ हजार, संचित मुनाफा ४५ लाख ४९ हजार र अन्य इक्ववीटी ६० हजार रहेको छ । साथै, कम्पनीको जीवन बीमा कोषमा छ लाख ४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४० पैसा रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*