हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले २७ गतेदेखि भर्न पाउने

२१ मंसिर २०८०, बिहीबार ०८:१६

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । सर्वसाधारणले मंसिर २७ गतेदेखि भर्न पाउने गरी आईपीओ खुला गरेको हो ।

कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सो मध्येबाट दुई प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको हो । १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरि प्रतिशेयर २०६ रुपैयाँका दरले शत्प्रतिशत भुक्तानी माग गरिएको कम्पनीको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको शेयर निष्काशन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते हुनेछ् ।

One thought on “हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले २७ गतेदेखि भर्न पाउने

  1. KEDAR GIRI says:

    100% good

Leave a Reply to KEDAR GIRI Cancel reply

Your email address will not be published. Required fields are marked *


*