नेपालमा डाटा साईन्स विषयको लोकप्रियता बढ्दै

२५ मंसिर २०८०, सोमबार १८:०८

काठमाडौं । पछिल्लो समय नेपालमा डाटा साईन्स विषयको लोकप्रियता बढ्दै गईरहेको छ।त्रिभुवन विश्वविद्यालयले बजारमा प्रतिस्पर्धा गर्ने नयाँ नयाँ कार्यक्रम थप्दै गएको र बहुआयामिक विषयको अवधारणा अनुसार गणित विज्ञान स्कूल बल्खुमा स्नातकोत्तर तहमा विश्वमै उत्कृष्ट कोर्षको रुपमा चिनिएको डाटा साईन्स विषयको नयाँ भर्ना आह्वान गरेको छ ।

गणित विज्ञान स्कूलका कार्यक्रम संयोजक केशव राज फुलाराका अनुसार यो कोर्ष पुरा गरिसके पछि तथ्याङ्क विश्लेषकको जनशक्ति नेपालमै उत्पादन भई यसले एकातिर सरकारी तथा नीजि कम्पनी लगायत सेयर बजारका डाटा विश्लेषण गरी ट्रेन्ड पत्ता लगाउन सहज हुनेछ भने अर्कोतिर बाह्य देशको डाटाको काम वाट विदेशी मुद्रा हासील गरी देशको आर्थिक शक्ति मजबुत बनाउन भुमिका खेल्नेछ । स्कूलबाट उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सहजै काम पाउनुको साथै तुलनात्मक रुपमा अन्य देशहरु भन्दा नेपालमा यो कोर्ष पढ्न कम शुल्क भएको दावी गरेका छन् ।

स्नातक तहको नतिजा पश्चात विद्यार्थीहरुमा के पढ्ने कता पढ्ने भन्ने अन्यौल छ । केही विद्यार्थीहरु नेपालमा भविष्य नै छैन भन्ने सोचका कारण विदेश जाने तयारी गरिरहेका छन् भने केही नेपालमै पढ्ने भन्ने सोचका साथ अनेक विषयहरु वा कार्यक्रमहरुको बारेमा बुझ्न थालेकाछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत गणित विज्ञान स्कूलले संचालन गरेको स्नातकोत्तर तहको डाटा साईन्स कार्यक्रम विद्यार्थीहरुका लागि राम्रो गन्तव्य हुन सक्ने अपेक्षा गरिएकोछ । संयोजक फुलाराका अनुसार “विभिन्न अनुसन्धान अनुसार विश्वमै उत्कृष्ट एंव जागीरको लागि समेत अग्र स्थानमा आउन सफल डाटा साईन्सको माग समेत दिन प्रतिदिन बढ्दै गइरहेकोछ ।

यो कोर्षमा Statistical Knowledge and Analysis, Machine Learning and Programming, Coding and Computing, AI, NLP, Big Data, Cloud Computing, Analytical and Critical Thinking, Monte Carlo Methods लगायतका विषयहरु अध्यापन गराइने जानकारी गराउनुभयो । नेपालको एकमात्रै ठाँउमा अध्यापन गराइने यो कोर्षको वारेमा धेरै विद्यार्थीहरु तथा अभिभावकहरु अनभिज्ञ भएकोले जानकारीको लागि यो समाचार तयार पारिएकोछ ।
१) न्यूनतम योग्यता 
त्रि.वि. वा सो वाट मान्यता प्राप्त शिक्षण संस्थावाट स्नातक तहमा कम्तिमा ऋन्एब् द्द वा द्वितिय श्रेणी वा सो सरहको प्राप्ताङ्क ल्याई B.E. / B.Sc. CSIT / BIT / BCA / B. Math. Sc. / B.A./B.Sc. (Mathematics / Statistics) / B.A./B.Sc. with Mathematics / Statistics in first two year, BIM with one Mathematics and one Statistics    वा सो सरहको उपाधी प्राप्त गरेको जुनसुकै विद्यार्थीले यो कार्यक्रम पढ्न सक्नेछन् । विदेशी शैक्षिक संस्था वा अन्य विश्वविद्यालयहरु वाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र त्रि.वि. वाट समानस्तर (भ्त्रगष्खबभिलअभ) प्राप्त गरेको कागजात पेश गर्नुपर्नेछ ।
२) आवेदन प्रक्रिया :
आवेदन फारम इन्टरनेट सुविधा भएको कुनै पनि स्थानबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानको webpage//iost.tu.edu.np मा राखिएको Entrance call को ःM.Sc. and Master’s Degree 2080 Entrance call मा गएर २०८० मंसीर २५ गते भित्र अनलाइन माध्यमवाट दिएको निर्देशन अनुसार भर्न सकिनेछ । कार्यक्रम छनौट गर्दाMDS छनौट गर्नुपर्नेछ ।
३) प्रवेश परीक्षा सम्बन्धि कार्यक्रम :
क) लिखित, अन्तवार्ता र शैक्षिक योग्यता तीन चरणको जाँचको आधारमा नयाँ भर्ना लिइनेछ । जसअन्तर्गत लिखित परीक्षाको ७०%, अन्तर्वार्ताको १५% र शैक्षिक योग्यताको १५% प्राप्ताङ्कको आधारमा योग्यताक्रम प्रकाशित गरिनेछ ।
ख) लिखित परीक्षा स्नातक तहको पाठ्यक्रमको आधारमा Mathematics (25 Marks), Statistics (25 Marks), Computer Science and Information Technology  (25 Marks), Technical English (10 Marks) / Logical Reasoning(15 Marks) को १०० पूर्णाङ्कको वहुवैकल्पिक प्रश्नहरु समावेश गरी दुई घण्टाको लिइनेछ । जसको समयावधि २ घण्टाको हुनेछ ।
४) समावेशी कोटा सम्बन्धमा :
स्कूलले त्रि.वि. सेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार जम्मा ४० जनाको सिटमा ८०% (३२ जना) खुल्ला र २०% (०८ जना) समावेशी कोटाको आधारमा भर्ना गरिनेछ । समावेशी सिटको लागि स्कूलको वेभसाइटमा भएको फारम भरी सो मा उल्लेखित कागजातको स्क्यान कपि  [email protected]मा पठाउनुको साथै अन्तर्वार्ताको दिन सक्कल प्रति नै बुझाउनुपर्नेछ  ।
५) छात्रवृत्ति :
यो कोर्ष पुरा गर्न चार सेमेष्टरको तिन लाख साठ्ठी हजार शुल्क लाग्छ । केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेष्टरको शुरुमा नै किस्तावन्दि रुपमा तिर्नुपर्छ । छात्रवृत्ति विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रि.वि.को “छात्रवृत्ति सम्बन्धि कार्य निर्देशिका २०७९” अनुसार उत्कृष्ट नतिजा प्राप्त गर्ने १०५ विद्याथीहरुलाई जेहेन्दार तथा निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।
६) मुल्याङ्कन :
सेमेष्टर प्रणाली अनुसार अध्यापन गराइने यो कोर्षको ४०५  आन्तरीक र ६०५ बाह्य मुल्याङ्कनका आधारमा गरिन्छ । जस अन्तर्गत ३० पूर्णाङ्कको आन्तरीक मुल्याङ्कन र ४५ पूर्णाङ्कको सेमेष्टरको अन्तिम परीक्षो लिइनेछ ।
७) शैक्षिक पात्रो  ः 
हरेक सेमेष्टरको शुरुमै सम्बन्धित विद्यार्थीहरुलाई शैक्षिक पात्रो ९ब्अबमझष्अ ऋबभिलमबच० दिइनेछ । सम्पूर्ण शैक्षिक गतिविधिहरु सोही पात्रो अनुसार संचालन गरिनेछ । अन्य कुरा यथावत रहेमा विद्यार्थीहरुले दुई वर्षको कोर्ष ठिक दुई वर्ष भित्रमै उक्त लेवलको प्रमाणपत्र पाइसक्नेछन् । हरेक सेमेष्टरको अन्तिममा लिएको जाँचको नतिजा समेत बढिमा एक महिना भित्रै प्रकाशन भइसक्नेछ । समयमा भर्ना, समयमै कक्षा, समयमै परीक्षा र समयमै नतिजा निकाल्नु यस स्कूलको लक्ष्य रहेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*