राष्ट्रिय बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिदमा सिईओ श्रेष्ठकै संलग्नतामा करोडौं घोटाला, खरिद प्रक्रिया नै सच्याइयो

७ माघ २०८०, आईतवार २०:२१

काठमाडौं । राष्ट्रि बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार हुने गरी प्रक्रिया नै संशोधन गरिएको मात्रै नभई विदेशी कम्पनीको कोर बैंकिङ सफ्टवयरका गोप्यता भंग हुने खतरा समेत अगाडि आएको छ । उक्त आर्थिक घोटालामा सिईओ किरण कुमार श्रेष्ठको प्रत्यक्ष संलग्ता रहेको तथ्य भेएिको छ ।

सार्वजनिक खरिद प्रक्रिया अनुसार प्रकाशित सूचना अनुसार सर्टलिष्टमा परेका कम्पनीहरुको सूचि नै सच्याइएको सो घोटाला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको प्रत्यक्ष संलग्नतामा घोटाला हुन लागेको हो । सो घोटाला काण्ड यसअघि नेपाल बैंकमा भएका सफ्टवयर घोटाला र अख्तियारले छानविन गरी भ्रष्टाचार ठहर गरेको घटनाभन्दा पनि अझै ठूलो भ्रष्टाचार गरेको तथ्य उजागर भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकले २०७९ चैत्र १४ गते कोर बैंकिङ् सफ्टवयर खरिदका लागि सार्वजनिक रुपमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा जम्मा पाँच वटा कम्पनीले आवेदन दिएका थिए । बैंकले २०८० जेठ १९ गते सार्वजनिक सूचना प्रकाशित गर्दै आवेदन दिएका मध्ये सर्टलिष्टमा कास ट्रेडिङ प्रा.लि., इन्फोडेभलपर्स जेभि एमओएस, ठकराल वान नेपाल प्रा.लि र बंगलादेशको फ्लोरा टेलिकम र फ्लोरा सिष्टम जेभी छानेको जनाएको थियो ।

सार्वजनिक खरिद ऐन अनुसार सर्ट लिष्टमा परेको कम्पनी छनौट गर्नुपर्नेमा उल्टै २०८० भदौं महिनामा उक्त सर्टलिष्टमा परेकाहरुको सूचना सच्याउँदै सिंगापुरको एस्पाएर सिष्टम कन्सल्टिङको नाम थपेर ठकराल वान नेपाल प्रा.लि.को नाम हटाइएको पाइएको छ ।

पारदर्शी र निष्पक्ष हुनुपर्ने सार्वजनिक खरिद प्रक्रियामा बैंकका सिईओ किरण श्रेष्ठकै संलग्नतामा करोडौं घोटाला गर्न सिंगापुरको एस्पाएर वान नामक कम्पनीमार्फत कोर बैंकिङ सिष्टम खरिद गर्ने अन्तिम सेटिङ गरिएको छ ।

विदेशी आईटी माफियासँगको सेटिङमा सिईओ किरण कुमार श्रेष्ठले करोडौं रुपैयाँ व्यक्तिगत लाभ लिएर कोर बैंकिङ् सफ्टवयर खरिदमा घोटाला मच्चाउन लागेका हुन् । नेपालमा रहेका आईटी उद्योगले गत आर्थिक वर्षमा मात्रै ६८ अर्ब रुपैयाँको आईटी सेवा विश्व बजारमा बिक्री गरेका थिए । यस आधारमा नेपाली आईटी कम्पनी विश्वकै उत्कृष्ट कम्पनीहरुमा पर्दछन् । आफ्नै देशमा विश्वकै उत्कृष्ट कम्पनीहरु हुँदा हुँदै नेपाली कम्पनी ठकराल वान नेपाललाई हटाएर विदेशी कम्पनी समावेश गराएका छन् । सार्वजनिक खरिद कानुन अनुसार खरिद प्रक्रियामा यसरी बीचमा अर्को कम्पनी थपघट गर्नु गैर कानुनी हुनेछ ।
यद्यपि अहिले नै खरिद प्रक्रिया भने भर्खरै मात्र सुरु भएको छ । जस अनुसार आरएपी सकिएको छ । अर्थात के के गर्नुपर्दछ भनेर प्रतिवेदन तयार पार्ने काम सकिएको छ । कम्पनीहरुले तयार पारेको प्रतिवेदन अध्ययन गर्न १९ सदस्यीय कमिटी गठन गरिएको छ । सो कमिटिले प्राविधिक विश्लेषण गरी नम्वर दिएपछि आर्थिक प्रस्ताव मागिनेछ । आर्थिक र प्राविधिक दुवै पक्षको विस्तृत अध्ययन पश्चात कामको जिम्मेवारी दिइएको छ ।

सिंगापुरको कम्पनीको नाम समावेश गराएबापत सिईओ श्रेष्ठले ठूलो रकम बुझेको स्रोतको दावी छ । यद्यपि राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठले भने अहिले कुनै काम नै नभएको बताउँदै टेण्डर प्रक्रिया नै पुरा हुन करिब छ महिना लाग्ने बताए । उनले भ्रष्टाचारजन्य कार्य नभएको भन्दै ठकरान वान नेपाल नामक कम्पनी सिंगापुरकै स्पाएर वान नामक कम्पनीको स्थानीय एजेन्ट भएको बताए । उनले भने, ‘लोकल एजेन्ट रहेछ, सिंगापुरको कम्पनीले लोकल एजेन्टमार्फत होइन सिधैं आफै आएर काम गर्छुभन्यो, अन्य तीन वटा पार्टीले पनि सहमति जनाएपछि नाम मात्रै सच्याएका छौं ।’ सिईओ श्रेष्ठले सामान्य टेक्निकल विषयलाई समाधान मात्रै गरेको दावी गरेका छन् ।

तर, राष्ट्रिय बाणिज्य बैंकको उक्त कार्य आर्थिक अनुशासन तथा सार्वजनिक खरिद ऐन विपरित भएको देखिएको छ । सिईओ श्रेष्ठ आफै आर्थिक अनुशासनहिन व्यक्ति हुन् । उनले बैंकभित्र कर्जा प्रवाह गर्दा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको चर्चा छ ।

उता, राष्ट्रिय बाणिज्य बैंकको सफ्टवयर खरिद प्रक्रिया पारदर्शी नभएको र नेपाली आईटी कम्पनीलाई भाग लिन बञ्चिन गरिएको भन्दै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले विरोध गरेका छन् । उनले भने, ‘नेपालमा नेपाली सफ्टवेयर प्रयोग गर्नुपर्छ भन्ने माग हो । नेपाललाई सफ्टवेयर उद्योगको रुपमा विकास गर्न सहयोग गर्छ । तर स्वदेशी कम्पनी सक्षम हुँदा हुँदै पनि कमिसनकै लागि विदेशी सफ्टवेयर प्रयोग गर्नु राम्रो काम होइन । यसले साइबर सुरक्षामा समेत जोखिम निम्त्याउँछ । यो परिपाटी अन्त्य गर्नुपर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*