निक्षेपको ब्याजदर एकल अंकमा झर्यो, ऋणीलाई सहज, ऋण कुनबाट लिँदा सस्तो पाईन्छ ?

९ माघ २०८०, मंगलवार १४:०८

काठमाडौं । तीन बैक बाहेक सञ्चालनमा रहेका २० मध्ये १७ बैंकले आधार दर एकल अंकमा ल्याएका हुन्। अघिल्लो त्रैमासमा दोहोरो अंकमा रहेको आधार दर यसपालीको पुसमा लक्ष्मी बैंकले एकल अंकमा ल्याएको छ।

बैंकहरूले माघ महिनाका लागि ब्याजदर अनुसार पनि बैंकहरु एकल अंकमा आउने संकेत देखिएको छ। माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याज घटाएका हुन् ।
यससँगै सबै वाणिज्य बैंकको निक्षेपतर्फको ब्याजदर पूर्ण रुपमा एकल अंकमा झरेको हो । निक्षेपको ब्याज घटेसँगै अब बैंकबाट ऋण लिनेलाई पनि सस्तो ब्याज पर्ने भएको छ । लामो समयदेखि महँगो ब्याज तिरिरहेका ऋणीहरूलाई अब केही सहज हुनेछ ।

पछिल्लो सयम निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले माघमा पनि निरन्तरता दिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरूसँग प्रयाप्त तरलता भएकाले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् । साथै, ब्याजदर उच्च हुँदा कर्जा प्रवाह सुस्ताएकाले सोको लागत घटाउन पनि बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् ।

त्यसबाहेक प्रभु, ग्लोबल आइएमई, नेपाल एसबीआइ, एनआइसी एसिया, माछापुच्छ्रे, सिटिजन्स, कृषि विकास बैंकले पनि एकल अंकमा झारेका छन्।

बैंकहरुले चालु वर्षको साउन १ गतेदेखि निरन्तर रूपमा बचत र मुद्दती निक्षेपको ब्याज दर घटाइरहेका छन्। निक्षेपको खर्च कम हुँदा समग्र लागत कम भएर आधार दर सस्तो पर्छ। बैंकहरुले आधार दरमा शून्यदेखि माथि प्रिमियम जोडेर ऋणको ब्याज दर निर्धारण गर्छन् ।

अहिले बैंकहरुमा तरलता फालाफाल छ। केही बैंकमा पुँजी कोष अभाव भएर बढी भएको तरलता व्यवस्थापनमा समस्या परिरहेको छ। ऋणको माग पनि छैन। त्यसो हुँदा निक्षेपको ब्याज दर अझै घट्ने हुन्छ। यसले गर्दा आगामी दिनमा आधार दर कम भएर ऋण अझ सस्तिने छ।

अहिलेकै तथ्यांकअनुसार पनि नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा ऋण दिनु परेमा आधार दरमा बढीमा २ प्रतिशत बिन्दु प्रिमियम थप्न पाइन्छ। यस हिसाबले स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको ऋणको ब्याज दर एकल अंकमै आउने छ ।

नेपाल बैंक, एभरेष्ट बैंक, नबिल बैंकले पनि कतिपय ऋण एकल अंकमा दिन सक्छन्। चार्टर्डको आधार दर ७.५६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.९ प्रतिशत छ। नेपाल बैंकको ८.५५, एभरेष्टको ८.८७ प्रतिशत र नबिलको ९.०७ प्रतिशत मात्र आधार दर छ।

आधारदर सबैभन्दा बढी हिमालयन बैंक, प्राइम र कुमारी बैंकको रहेको छ। हिमालयन बैकको आधारदर सबैभन्दा बढी रहेको छ । बैंकको आधारदर १०।५९ रहेको छ ।दोस्रोमा प्राइम कर्मशीयल बैंक रहेको छ । बैंकको आधारदर १०।३८ रहेको छ । तेस्रोमा कुमारी बैंक रहेको छ। बैंकको आधारदर १०।२८ प्रतिशत रहेको छ ।

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक महिना आधारदर हेरफेर गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसअघि बैंकको लागत अनुसार प्रत्येक तीन/तीन महिनामा आधारदर तय गरिँदै आएको थियो ।आधारदरले नै कर्जाको ब्याजदर तय गर्ने भएकाले त्यसमा जति छिटो फेरबद्ल आयो त्यत्ति नै चाँडो ऋणीले सस्तो कर्जा पाउँछन् ।

बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिने ऋणको ब्याजदर सोही आधादरले तय गर्छ । आधारदरमा बैंकहरूले ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण लगानी गर्छन् ।

अहिले पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ भने कर्जाको माग बढ्न सकेका छैन । प्रणालीमा पैसा मात्र थुप्रिरहेको तर, लगानी हुन नसकेकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपको ब्याजदर घटाउन सक्ने देखिन्छ । निक्षेपको ब्याजदर घटेका बैंकको आधारदर घट्न गई ब्याजदर सस्तो हुने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*