हालसम्म कति वाणिज्य बैंकले घोषणा गरे लाभांश ?

१३ माघ २०८०, शनिबार १४:५५

काठमाडौं । २० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरे । तर, अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंक ६ पुगेका छन् । लाभांश घोषणा गर्न अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक मात्र छन् । ती दुई बैंकले लाभांश वितरण गर्ने हुन कि होइनन्, त्यो भने अझै अन्योल नै छ ।

घोषणा गर्न बाँकी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकले लाभांश स्वीकृतिका लागि फाइल नेपाल राष्ट्र बैंक पुर्याएका छन् । राष्ट्र बैंकले आगामी सातासम्म फाइल पुनः बैंकमा फिर्ता गर्ने छ । त्यसपछि लाभांश वितरण वितरण गर्न सक्ने वा नसक्ने बिषयमा सञ्चालक समितिले निर्णय गर्ने भएको छ ।

‘राष्ट्र बैंकमा पेश गरेको डकुमेन्ट आएपछि लाभांश वितरण गर्ने वा नगर्ने भन्ने कुराको निर्णय सञ्चालक समितिले गर्नेछ,’ कृषि विकास बैंकका एक उच्च कर्मचारीले भने, ‘फागुनभित्रमा वार्षिक साधारणसभा गर्ने गरी काम भइरहेको छ ।’

नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकका शेयरधनीहरु लाभांश पाउने अपेक्षा गरिरहेका छन् । तर, यी दुईवटा बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नेमा शंका व्यक्त गरिदै आएको छ ।

सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्यले समेत ५।५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।

नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै २ वटाले आर्थिक वर्ष २०७९र८० का लागि लाभांश घोषणा गर्न बाँकी छन् । अहिलेसम्म ११ वटाले वितरण गरिसकेका छन् भने ६ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश दिएका छन् ।

लाभांश नबाँड्ने निर्णय गर्ने वाणिज्य बैंकहरुमा प्राइम, हिमालयन, एनएमबी, कुमारी, नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।

कसको कति रु

सबैभन्दा बढी एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सबैभन्दा कम लाभांश सिद्धार्थ बैंकको छ । यो बैंकले ४।२१ प्रतिशत नगद लाभांश मात्रै दिएकोछ ।

विगतका वर्षहरुमा नगद र बोनस ‘दुवै’ दिने चलन यसपाली कम भएको छ । सायद कम लाभांश वितरण गर्ने क्षमता भएकाले नगद र बोनस शेयर दिन उपयुक्त नभएकाले पनि कि नगद कि त बोनस मात्रै दिएको हुनुपर्छ । यसपाली वाणिज्य बैंकहरुले कि नगद कि त बोनस मात्रै दिएका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकहरु कम देखिएका छन् ।

चारवटा वाणिज्य बैंकले मात्र नगद र बोनस दुवै दिएका छन् । एभरेष्ट बैंक, एसबिआई, ग्लोबल आइएमई र सानिमा बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिएका छन् ।

एभरेष्टले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०।५३ प्रतिशत नगद गरी कूल २०।५३ लाभांश वितरण गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५।७ प्रतिशत नगद गरी कूल १४।७० लाभांश वितरण गरेको छ ।

एसबिआई बैंकले चुक्ता पूँजीको १०।५५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । सोमध्ये ३।७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६।८० प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ सहित० रहेको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिएको छ ।

यी चार बैंक बाहेक बाँकी ७ बैंकले कि नगद कि त बोनस मात्रै दिएका छन् । नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गरेका छन् ।

नबिल बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सिटिजन्स बैंकले चुक्ता पूँजीको ५।७९ प्रतिशत नगद लाभांश दिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

यसैगरी, सिद्धार्थ बैंकले ४।२१ प्रतिशत नगद लाभांश दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*