के लगानीकर्ताको मनोबल उच्च नहुँदा बजारमा करेक्सन देखिएको हो ?

२० माघ २०८०, शनिबार ०८:२५

काठमाडौँ । यो साता (माघ ७–११ गते) का तिन कारोबारमा उत्साहित लागनीकर्तालाई अन्तिम दुई कारोबारको दिन भने निराश बनायो । गत साता पाँच वटै कारोबारको दिन राताम्य भएको बजार यो साता भने तीन दिन सुधार आएको हो । तीन दिनको सुधारले मख्ख लगानीकर्ता अन्तिम दुई कारोबार दिन भारी गिरावटले निराश बनाएको हो ।

बजार यो साता १७.०८ अकंले घटेको हो । बजार घटेसँगै काराबोर समेत केहि खुम्चिन पुगेको हो । गत साता बजार सबै कारोबारको दिन समेत २५ अर्ब ९९ करोड ९९ लाख ४ हजार ८६३ रुपैयाँको कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार २ अर्ब ५७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुम्चिएको हो । यस साता २३ अर्ब ४२ करोड ७ लाख ५३ हजार ६०१ रुपैयाँको कारोबार भएको हो ।

परिसूचक यो साता २ सय बिन्दु वरिपरि घुमेको छ । सोेमबार र मंगलबार २१ सय बिन्दुमा पुगेको बजार अन्य ३ वटा कारोबारको दिन भने २ हजार बिन्दु भएको हो ।

किन घट्यो मार्केट ?
थोरै बढ्ने बित्तिकै बिक्री गर्नेहरु हावी हुँदा बजारमा करेक्सनमा देखिएको केहि जानकारहरुका भनाई रहेका छन् । यस्तै, पछिल्ला दिनहरुमा केन्द्रीय बैंकले निरन्तर सेयर बजारबाट पैसा तानिरहेको छ । सो कुराले समेत मार्केटलाई असर गरेको अनुमान भइरहेका छ ।

सेयर बजारमा लगानीकर्ताको मनोबलले ठुलो भुमिका खेल्छ । लगानीकर्ताको मनोबल केहि सुधार भएपनि नाफा बुक गर्ने भने हाबि देखिएका छन् । बोनस सेयर डिम्याट खातामा आउने वित्तीकै बेचि हाल्ने प्रवृत्तिले समेत बजारमा प्रभावित भएको जानकारहरुका तर्क छन् । सेयर बजार सुधारका लागि अझै कतिपय नीतिनियम बाधक छन् । फेरी यता, केन्द्रीय बैंकले अहिले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा जुटेको छ । सोहि कारण समेत लगानीकर्ता डराएको हुनसक्छ ।

अबको यात्रा कस्तो ?
अर्थतन्त्र सुधारको गतिमा अघि बढी रहेको छ । शोधनान्तर अवस्था, रेमिटेन्स, चालु खाता लगायतमा सुधार आइरहेको छ । आन्तरिक अर्थतन्त्रका सूचकहरुमा पनि विस्तारै सुधारका संकेत देखिन थालेका छन् । अर्थतन्त्र सुधार तिर लम्कि रहदा यसको प्रभाव सेयर बजारमा सकारात्मक महोल बन्ने देखिन्छ ।

सबै सूचकहरु सबै सकारात्मक रहेको हुँदा सेयर विश्लेषक एबं नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने,- ‘सबै मार्केट सूचक सकारात्मक छन् । रेमिटेन्स बढी रहेको छ । राष्ट्र बैंकका गर्भनरले समेत बैंकहरुको ब्याजदर सिंगल डिजिटमा आउनुपर्छ भनि सके । फागुनदेखि पुनः ब्यजदर घट्ने देखिन्छ । बजार बढ्ने नै देखिएको छ ।’

बजारको सत्रु ब्याजदर घट्ने क्रममा रहेको हुँदा बजार बढ्ने नै संकेत देखिएको छ । ‘सेयर बजारको सत्रु ब्याजदर घट्ने क्रममा छ । २ वर्ष देखि बजार १८ देखि १९ सयमा घुमि रहेको थियो । अहिले २१ सयमा आएको छ । कारोबार समेत केहि दिन अघि ८।९ अर्ब पुगेको थियो । यी सबै कुराले सकारात्मक नै बहोल बनाएको छ ‘रौनियारले भने ।

यता, नियामक निकाय समेत केहि लचिलो बन्दै आएको छ । राष्ट्र बैंकले पनि सेयर बजारमा बाधक गर्ने केहि नीतिहरुलाई बिस्तार फुकाउँदै लगि रहेको छ । समग्रमा नेप्सेले नयाँ उचाई लिन थालेको छ भने कारोबार रकम पनि बढ्दोक्रममा छ ।

बजार घट्नु र बढ्नु एक प्रक्रिया जस्तै हो । बजार करेक्सन हुँदै अघि बढ्छ । यस्तो करेक्सनले सुधारको लामो यात्रा तय गर्न सक्ने छ । विगतको अवस्थासँग तुलना गर्दा भने बजार वृद्धिका लागि आधारभूत पक्षहरुको अवस्थामा सुधार हुँदै गएको छ ।

सेयर धितो कर्जामा सीमा पूर्णरुपमा हटाउन र सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने माग लगानीकर्ताको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत उक्त माग पुरा गरे बजार नयाँ मोडमा जाने देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*