बीमितको जुत्ता फाट्दा पनि बीमा दावी नदिने प्रवृत्ति कम्पनीहरुले फेर्नुपर्छः अध्यक्ष सिलवाल

२० माघ २०८०, शनिबार १६:०१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमितको जुत्ता फाटिने समयसम्म पनि बीमा दाबी नहुने अवस्था रहेको बताएका छन् ।

नेको इन्स्योरेन्सको एप लञ्च कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बीमा दाबी भुक्तानीको अवस्था नाजुक हुने अवस्था सुधार गनुपर्ने उनले बताए ।

बीमा कम्पनीहरुको दाबी भुक्तानीको झन्झटिलो प्रकृया रहेको भन्दै यसलाई सुधार गनुपर्नेमा जोड दिन कम्पनीलाई आग्रह गरेका छन् ।बजारमा ५० प्रतिशत मानिसको बीमाको बजारमा विश्वनीय नभएको भन्दै दुख व्यक्त गरेको थिए । के कारणले गर्दा बीमा बजारमा अझै विश्वनीयता नभएको मलाई थाहा भएन।

तर बजारमा सुधारको आवश्यक रहेको भन्दै यसतर्फ ध्यान दिन बीमा कम्पनीहरुलाई उनले आग्रह गरेका छन् ।अध्यक्ष सिलवाले बीमा सचेतना अभियान लिएर प्रदेशमा पुग्दा दाबी भुक्तानी नपाउने समस्या आउन थालेको बताएका छन् ।

बीमा दाबीको समस्या निराकरण गर्न कम्पनीहरु सक्रिय रुपमा लाग्नुपर्ने उनले बताए ।

 

One thought on “बीमितको जुत्ता फाट्दा पनि बीमा दावी नदिने प्रवृत्ति कम्पनीहरुले फेर्नुपर्छः अध्यक्ष सिलवाल

  1. Abc says:

    बिमा कम्पनीहरु सबै ठ्ग हुन किन भने सिईओ र त्यस भन्दा तलको दिसिओ , दिजिएम र म्यानेजर को आफ्नो हरु को मात्र दाबी चाडै हुने अनि अरु को महिनौ रोकेर राख्ने गर्छ यति मात्र होइन दाबी मा बार्गेनिङ्ग गर्ने अनि कम्पनी को सफ्ट वेयर मा चाहिँ दाबी भुक्तानि देखाउने अनि चेक चाहिँ नदिने र सोध्यो भने अनुदान आको छैन भन्ने यस्तो कम्पनी को सिईओ लाई नै कुनै कम्पनी मा काम गर्न नपाउने कानुन बनाउनु पर्छ बिमा प्राधिकरण ले अनि मात्रै कम्पनी का सिईओ डराउछ ।

Leave a Reply to Abc Cancel reply

Your email address will not be published. Required fields are marked *


*