अभिकर्ताको अनलाईन परीक्षा प्रणालीमा परिक्षार्थीको उपस्थिति बाक्लो, साढे पाँच हजारले लिए लाईसेन्स (नामावली सहित)

२३ माघ २०८०, मंगलवार १४:५२

काठमाडौं । अभिकर्ताको अनलाईन परीक्षा प्रणालीमा परिक्षार्थीको उपथिती बाक्लो रहेको छ। बीमा प्राधिकरणले अभिकर्ताहरुलाई व्यवस्थित ढङ्गबाट संचालन गर्न दिर्घकालीन सोचको साथ ल्याएको परिक्षा प्रणालीमा अभिकर्ताको आकर्षक बढ्दै गएको तथ्यांकले देखाएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परीक्षा दिएर ५ हजार ४९० जनाले अभिकर्ताको लाइसेन्स लिएका छन् । प्राधिकरणले कार्तिक १७ गतेदेखि सुरु गरेको परीक्षामा अत्याधिक आकर्षण देखिएको हो ।

बीमा ऐन २०७९ मा बीमा मध्यस्थकर्ताको लाइसेन्स लिदा परीक्षालाई अनिवार्य गरे सँगै प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षाको व्यवस्था गरेको हो । यस भन्दा अगाडी बीमा कम्पनीहरु आफैले लाइसेन्स दिने व्यवस्था थियो । अहिले परीक्षा दिनै पर्ने भए पछि बीमा प्राधिकरणलाई परीक्षा व्यवस्थापन गर्न धौ धौ परिरहेको छ ।

परीक्षाका लागि तयारी गरेकाहरुले पनि लामो समय कुर्नु पर्ने बाध्यता रहेको बीमकहरु बताउछन् । अनलाइनबाट परीक्षा दिनु पर्ने भएकाले सानो प्राविधिक गडबडीले पनि परीक्षा रद्द हुने गरेको छ । कतिपय प्राविधिक समस्या बाहेक अभिकर्ताहरुले सहजै परीक्षा दिन पाइरहेका छन् ।

प्राधिकरणले तय गरेको परीक्षाका लागि केहि समय भित्रै बुकिङ हुने गरेको छ । कसैले पनि आफ्नो समयमा परीक्षा दिन पाउने अवस्था छैन । सुरु सुरुका दिनमा बीमा प्राधिकरणले अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरुलाई पनि मध्यनजर गर्दै विभिन्न समयमा सेड्युल बनाएको थियो । तर अहिले आफ्नो सेड्युल भन्दा पनि बीमा प्राधिकरणले तय गरेको समयमै बुक भए पनि ठुलो उपलब्धी हुने गरेको छ ।

बीमा प्राधिकरणले परीक्षाका लागि समय थप गर्ने अथवा बीमा कम्पनीहरुलाई नै परीक्षा सञ्चालन गर्न दिनु पर्ने अवस्था आएको बीमकहरु बताउछन् । १४ वटा जीवन बीमा कम्पनीका लागि आवश्यक पर्ने अभिकर्ताहरुको परीक्षा केवल बीमा प्राधिकरणले मात्रै सञ्चालन गर्न नसक्ने कम्पनीहरुको धारणा छ ।

परीक्षा प्रणालीको विकास भए सँगै अभिकर्ता बन्नकै लागि भए पनि अध्ययन गर्ने परिपाटीको विकास भएको छ । प्राधिकरणले अनलाइनबाट ५० वटा प्रश्न सोध्ने गरेको छ । यस मध्ये २५ वटा प्रश्नको उत्तर मिल्नु पर्नेछ । यदि २५ वटाको उत्तर मिलेन भने अनुतीर्ण हुने व्यवस्था रहेको छ ।

//agentexam.nia.gov.np/agentresultlist

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*