साइवर सुरक्षामा आउने जोखिम कम गर्न आफै सचेत हुनु पर्ने

२९ माघ २०८०, सोमबार १५:२७

काठमाडौं । नेपाल इन्जिनियर एशोसिएसनले ‘‘नेपालको राम्रो इन्टरनेट लागि सँधै’’ भन्ने नाराका साथ ‘‘सुरक्षित इन्टरनेट दिवस २०२४’’ मनाएको छ । दिवसको अवसर पारी इन्टरनेट सेवा प्रदायक संघ लगायत विभिन्न संस्थाहरुले पुल्चोकस्थित इन्जिनियरिङ्ग एशोसिएसनको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरे ।

अन्तरक्रिया कायक्रमका सहभागिहरुले इन्टरनेट उपभोक्तालाई साइवर सुरक्षाबाट जोगाउन बेला बेलामा सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिए । कार्यक्रम्रमा इन्टरनेट सेवा प्रदायक संघका कार्यकारी अधिकृत सुभाष खड्काले इन्टरनेट सेवा प्रति सबभन्दा पहिलो आफै सुरक्षित हुनु पर्ने बताए ।

मुना टेकका संस्थापक ईन्जिनियर मुना न्याछ्योले इन्टरनेटका माध्यमबाट विभिन्न प्रकारको प्रलोभन देखाएर आर्थिक, मानिसक, सामाजिक रुपमा ठगी बढेको बताएका छन् । त्यसलाई रोक्न स्क्यामहरुमा जथाभाविी लिंकहरुमा शेयर नगर्न सुझाव दिए ।

नेपाली प्रहरी साइवर व्यूरोको प्रमुख प्रहरी उपरिक्षक प्रविण ताम्राकारले साइवर अपराधको घटनाहरु अत्यधिक वृद्धि भईरहेको बताउँदै र साइवर अपराध रोक्न कम जनशक्तिको भरमा नेपाल प्रहरीले देशैभर काम गरिरहेको बताए ।

नेपालमा फेसबुक, यूट्यूवमा मात्र नभई अन्य सामाजिक सञ्जालहरुको प्रयोग गरि ह्याकरहरु छिरेर मानिसहरुलाई दुखः दिइरहेको बताए । उनले भने ‘‘हाम्रा दिदी बढीहरु’’ गिफ्ट पठाएको छु भनेको भरमा बढी फस्ने गरेको छ । त्यसको माध्यमबाट आर्थिक, सामाजिक कारोवार गर्ने गरेको र आफ्नो पैसा समेत पठाएर आफै ठगीमा परेको बताए । न चिनेका छन् न कुनै भरपर्दो आधार नै । यसरी पनि इन्टरनेटको प्रयोग गरेर ठगी हुने गरेको विश्वमा नै बढेको बताए ।

इमेलहरुमा स्पामहरुको रोक्ने प्रणालीको विकास गरे पनि स्क्याम गरेर इन्टनेट सेवा भित्र छिरेर नियन्त्रण गोप्य कुराहरु पत्ता लगाउने र उनीहरुलाई दुःख दिने गर्ने बताउँदै गलत क्रियाकलाप रोक्न हम्मे परेको बताए ।

सूचना तथा प्रविधि मन्त्रालयको साइवर सुरक्षा प्रमुख राजकुमार महर्जनले साइवर अपराधहरु रोक्न सरकार ऐन कानुनहरु बनाउन लागि रहेको बताए । कानूनहरु बनाउने पक्रियामा सरकार लागेको छ ।

साइवर अपराध जतिपनि भएको छ ति सबै विद्युतीय कारावार ऐन २०७६ बाट भएको बताए । प्रहरी प्रधान कार्यालयको साइवर सुरक्षा प्रमुख तथा प्रहरी उपरीक्षक जीतनाराण झाले इन्टरनेट सेवा प्रदान गरेपनि अनुगमन गर्ने संयन्त्रको कमी भएकाले साइवर सुरक्षामा चुनौंती आएको बताए ।

बन्द गर्ने र खोल्ने विषयमा सचेत हुनुपर्ने बताए । र, जथाभावी शेयर गर्ने गर्दा कुन ह्याकर हो भनेर छुट्याउन नसक्दा उनीहरुको जञ्जालमा फस्ने गरेको बताउँदै आफ्नो व्यक्तिगत गोपनीयताको सुरक्षा आफैले गर्नु पर्ने बताए । इन्टरनेट सेवाका लाभग्राहीहरुका लागि सचेतनामूलक तालिम प्रवाह गर्न सके मात्र इन्टरनेटको माध्यमबाट हुने जोखिमलाई कम गर्न सकिने बताए ।

एशोसिएसनका अध्यक्ष अनिल रघुवंशीले अध्यक्षता गरेको कार्यक्रममा ईन्जिनियर हरिबहादुर दर्लामीले धन्यवाद मन्तव्य दिएका थिए । कायक्रमको मोडेरेट बीमापोष्टका सम्पादक नवराज न्यौपानेले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*