तत्कालीन सेन्चुरी कमर्सियल बैंकको सिईओदेखि कर्मचारीसम्म मुछिएको सीआईबीको सहकारी प्रकरण के हो ?

१५ फाल्गुन २०८०, मंगलवार १८:२५

काठमाडौं । बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको अभियोगमा तत्कालिन सिईओ सहित डेपुटी सिईओ न्यौपानेसहित ११ जना पक्राउ परेको खुलेको छ ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका न्यौपाने तथा तुलसीराम गौतमसहित १० जना कर्मचारीलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको छ ।

ऋण प्रवाहमा अनियमितता भेटिएपछि प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैंकका पूर्व सिईओ तुलसी गौतम सहित क्रेडिट विभागका प्रमुख राजेश भण्डारी, दिलिप बराल, दिपेश प्रधान र रमण श्रेष्ठसहित ११ जनालाई पक्राउ पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी प्रमुख किरण बज्रचार्यले बताईन् ।

तत्कालीन सेन्चुरी कमर्शियल बैंकको तत्कालीन सेन्चुरी कमर्शियल बैंकले करिब चार वर्ष अगाडी अर्थात सगरमाथा फाइनान्स गाभ्न अगाडी देउराली सहकारीका रविन्द्र चौलागाईँ र उनको श्रीमती पुजा खत्री संचालक रहेको फर्म पुजा मार्केटिंग, पुजा ट्रेडिङ एण्ड मार्केटिंग, थ्री ब्रोदर्स, अन्नपूर्ण डीष्ट्रीलरीको नाममा २ अर्ब २५ करोड कर्जा दिएको स्रोतले जनाएको छ।

चौलागाईँ त्यो बेला देउराली सहकारीमा अध्यक्ष थिए भने उनले कर्जा लिएको फर्म टुबोर्ग बियरको ललितपुर जिल्लाको लागि डीष्ट्रीब्यूटर थियो।

१ अर्ब चौध करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको मुल्यांकनको जग्गा, फर्ममा भएको स्टक र भ्यालुएसनको आधारमा बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ चालूपुंजी कर्जा लगानी गरेको थियो।

सहकारीमा समस्या देखिदै जाँदा चौलागाईले स्टकको पैसा सहकारीको समस्या मिलाउन प्रयोग गरेको र अन्तिममा न सहकारी न फर्म रहने अवस्था बनेपछि यता बैंकतर्फको ’हिसाब’ बिग्रिन पुग्यो। बैंकमा सावाँ ब्याज नियमित नभएपछि २ अर्ब ११ करोडको कर्जा बढेर ३ अर्ब पुग्यो। जसले गर्दा सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकले अहिलेसम्म तीन पटक धितो लिलामको सूचना निकालेको छ। हिजो फागुन १४ गते मात्रै पनि प्रभु बैंकले सूचना निकालेको थियो।

स्टक र व्यवसायको प्रकृतिको आधारमा नै चालूपुंजी दिईदै आएको नेपालको सन्दर्भमा रबिन्द्र चौलागाईँको फर्मलाई दिएको कर्जाको सावाँ ब्याज नियमित नभएकै कारण बैंकका त्यो बेलाका सीईओ, डेपुटी सीइओ र विभागीय कर्मचारी पक्राउ परेका हुन् । यस बिषयमा सिबिआईले भने लामो समयसम्म अध्ययन गरेर तत्कालिन सिईओ, डिसिईओ सहित ११ जनालाई प्रकाउ गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*