शाखा कार्यालय घटाउने कसरतमा बीमा कम्पनीहरु

रिना खत्री
१७ फाल्गुन २०८०, बिहीबार १४:१६

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले झै बीमा कम्पनीहरुले शाखा कार्यालय घटाउन सुरु गरेको छ।

कुनै समय शाखा विस्तार गर्न आक्रमक बनेका बीमा कम्पनीहरुले नै पछिल्लो समय शाखा बन्द गर्न भन्दै बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा धमाधम आवेदन दिन थालेका छन्।

७ सय ७३ वटै स्थानीय तहमा बीमा कम्पनीको शाखा विस्तार गरी वित्तिय पहुँच बढाउन बीमा प्राधिकरणका अध्यक्षसहित उच्च पदका कर्मचारीले बीमा सचेतना कार्यक्रममार्फत देशैभर शाखा कार्यालय विस्तार गर्ने योजना बढाएको योजना यो बर्ष भने सफल हुन सकेन ।

पछिल्लो समय अर्थतन्त्र संकुचित भई बीमा व्यवसायमा कमी आएसँगै बीमा कम्पनीहरु घाटामा रहेका कारण शाखा कार्यालय बन्द गर्ने मनस्थितिमा पुगेका हुन् ।
कोरोनापछि तिव्ररुपमा बीमा कारोबार डिजिटल भएको र बीमा कम्पनीहरु घाटाान संचालन भईरहेको कारण शाखा कार्यालय बन्द गरेर खर्च घटाउने रणनितिा साथ बीमा प्राधिकरणमा आवेदन दिइरहेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक बर्षसम्ममा जीवन बीमा कम्पनीहरुको कार्यालय सङख्या १६ दशमलव २८ प्रतिशतले घटेको छ भने निर्जिवन बीमाा कम्पनीहरुको कार्यालय सङख्या भने घटेको छैन ।

निर्जिवन र जीवन गरी हाल संचालनमा रहेका २८ बीमा कम्पनीहरुको कार्यालय सङख्या ९। २५ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख रहेको छ ।बीमाको दायरा विस्तार गर्ने क्रममा अघि बढेको बीमा कम्पनीहरुको भने यो बर्ष पछाडि सर्नुपरेको छ। गत बर्षको तुलनामा बीमाको पहुँच तीन प्रतिशतले घटेको छ।

कुनै समय शाखा विस्तारमा आक्रमक रहेका नेपाल लाइफ, नेशनल , युनियन, शिखर, सगरमामा, प्रिमियम इन्स्योरेन्स कम्पनी नै शाखा कार्यालय धेरै घटाउन बीमा प्राधिकरणमा आवेदन दिन थालेको बीमा प्राधिकरणले जनाएको छ। बीमा कम्पनीहरु तत्कालका लागि धेरै मात्रामा शाखा कार्यालयहरु बन्द गराउने मनस्थितीमा छैन ।

घाटा भयो भन्दैमा शाखा कार्यालय बन्द गर्न तत्काल नमिल्ने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण बताँउछन्।’शाखा बन्द गर्नका लागि बैंकहरूले दिएको निवेदनको चाङ बीमा प्राधिकरणमा रहेको छ तर बीमा कम्पनीहरुले दिएको निवेदनकै आधारमा बीमा प्राधिकरणले तत्काल शाखा बन्द गर्न अनुमति दिने अवस्था छैन।

हिजोको दिनमा व्यापारको सम्भावना रहेको भन्दै शाखा विस्तार गर्ने, अहिले आएर घट्यो भनेर बन्द गर्न पाइँदैन। मर्जरमा गएका बीमा कम्पनीहरुले शाखा मर्ज गर्ने वा बन्द गर्ने सुविधा पाएका छन्। अन्य बीमा कम्पनीहरुको हकमा त्यो व्यवस्था लागु हुँदैन’, पौडेलले भने।

बीमा प्रणाली डिजिटल हुँदै गइरहेको र बीमा प्राधिकरणले पनि डिजिटल बीमा सेवा प्रणलीलाई प्रोत्साहन गरिरहेकाले भविष्यमा शाखा बन्द गर्ने नीति बीमा प्राधिकरणले लिनसक्ने भएपनि तत्कालका लागि उक्त सुविधा बैंक वित्तीय संस्थालाई नरहेको पौडेलले बताए।

बीमा व्यवसाय विस्तार गर्न र मुभ हुन समय लाग्ने भएको कारण बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न लागेको एक बीमा कम्पनीको सिईओले बीमापोष्टलाई जानकारी दिएका छन् ।

डिजिटल माध्यम पनि यसको मुख्य कारण हो, अनलाई सेवा र डिजिटल माध्यमको सेवाको कारण पनि व्यवस्थापन खर्च नबडाउने हेतुले बीमा कम्पनीहरुको शाखा कार्यालयहरु बन्द गर्न लागेको ती सिईओले बताए ।

नेपाल बीमा प्राधिकरणले आगामी वर्षको व्यवसायीक योजना र आर्थिक मन्दीको असरको अध्ययन नगरी शाखा कार्यालय बन्द गर्ने÷नगर्ने विषयमा निर्णय लिन नसकिने बताए।बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द भएको कारण बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको सङख्या पनि घट्न पुगेको छ।

नेपाल बीमा प्राधिकरणले ‘बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९’ अन्तर्गत शाखा नभएका कारण पनि बीमा कम्पनीहरु बन्द भएको बीमा कम्पनीका सिईओहरु बताँउछन् ।प्राधिकरणले बीमा कम्पनीहरुको शाखा कार्यालय स्थापना गर्ने कामलाई व्यवस्थित बनाउन उक्त निर्देशिका जारी गरेको थियो ।

यो निर्देशिका अनुसार कम्पनीले प्रत्येक प्रदेशमा प्रदेश कार्यालय अनिवार्य रुपमा खोल्नु पर्ने छ । प्रदेश कार्यालय खोल्दा प्रदेश अन्तर्गतको कुनै पनि जिल्लामा खोल्न सकिने छ ।कम्पनीहरुले आफ्ना शाखा तथा उपशाखा कार्यालयबाट हुने बीमा व्यवसाय तथा सेवा प्रवाहलाई समन्वय गर्ने गरी प्रदेश कार्यालय खोल्न सक्ने व्यवस्था गरिएको थियो ।

कम्पनीहरुले आफ्नो व्यवसायिक आवश्यकता अनुसार शाखा वा उपशाखा कार्यालय खोल्न पाउने र यसरी खोलिने शाखा कार्यालयको हकमा कम्पनीले बैंकमा खाता सञ्चालन गर्न पाएको प्रमाण पेश गर्नु पर्ने व्यवस्था रहेको कारण पनि बीमा कम्पनीहरुको शाखा कार्यालय घट्न पुगेको बीमाकर्मीहरुको बताँउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*