सेयर बजार फर्कन सकेन लयमा, लगानीकर्ताको मनोबल खुम्चिदै, अबको यात्रा कता ?

१८ फाल्गुन २०८०, शुक्रबार १३:५८

काठमाडौँ । पछिल्लो दिन लगानीकर्ताका लागि निराशमय भइरहेका छन् । बजार परिसूचक र कारोबार निरन्तर खुम्चि रहेको अवस्था छ।

यो साता (फागुन १३ गतेदेखि १७ गते) सम्म बजार समग्रमा ३३.७४ अकंले घटेको छ । यो साताका दुई कारोबारको दिन सेयर बजारमा सकारात्मक संकेत देखिएको थियो । मंगलबार १३.२८ अकं र बुधबार ९.३४ अकंले बढेको थियो । अन्य ती कारोबारको दिन भने मार्केट ओरालो लागेको हो । गत साता भने चार वटै कारोबारको दिन बजार ओरालो लागेको छ । सो साता बजार ५६.१९ अकंले घटेको हो।

कारोबार समेत निरन्तर खुम्चि रहेको छ । पछिल्लो केहि दिनमा कारोबारले लिएको ओरालो यात्राले लगानीकर्ताको मनोबल कमजोर बनाएको हो । यो साता कारोबार ११ अर्ब ६१ करोड १३ लाख ४१ हजार ८६३ रुपैयाँ भएको हो । २ दिन कारोबार साढे १ अर्ब कारोबार झरेको थियो । केहि महिना अघि ९ अर्ब पुगेको कारोबार समेत ओरालो गतिमा रहेको छ । गत साता बजार खुलेको ४ दिनमा मात्र १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँको कारोबार भएको थियो।

साताको अन्तिम कारोबारको दिन समेत २२० कम्पनीका लगानीकर्ताले गुमाएका छन् । वाणिज्य बैंक तथा विकास बैंकको सेयर मूल्य समेत निरन्तर ओरालो लागि रहेको छ । बैंक तथा वित्तीय क्षेत्र विरुद्ध चलेका आन्दोलन र समाजिक संञ्जालमा चलि रहेका नकारात्मक कुराले सेयर बजार घट्दै गएको छ । एक समूह बैंक वित्तीय संस्थाको ऋण मिनाहको माग गर्दै आन्दोलन गरी रहेको छ । वित्तीय संस्थाको एनपिएल बढ्दो छ।

अबको बाटो कता ?

अधिकांश लगानीकर्ताले अर्बौ रकम गुमाएका छन् । राष्ट्र बैंकको पेचिलो नीति र राष्ट्र बैंकको मुकदर्शकको नतिजा अहिले लगानीकर्ताले ब्यहोरि रहेको इन्भेष्टर्स फोरम नेपालका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, सेयर बजारमा ३–४ खर्ब लोन जानु पर्छ । यो जानको लागि व्याजदर कम हुनुपर्छ । राष्ट्र बैंकको गलत नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी भएको हो।’

पूँजी बजारबाट पैसा निकासा हुँदैन तबसम्म अर्थतन्त्र चलयमान हुने कुनै सम्भावना नरहेको रौनियारले बताए । सेयर बजारबाट करिब १५–१६ खर्ब रुपैयाँ गुमिसकेको छ । ‘शेयर बजार चलयमान भए लगानीकर्ताको फसेको अर्बौ रुपैयाँ फिर्ता आउने थियो । लगानीकर्ताले मात्रै अर्बौ गुमाएका छैनन् । उद्योग, व्यापारी र पूर्वाधारमा लगानी गर्नेहरु कोरोनाको समयदेखि फसेका छन् । बैंकको एनपीएल समेत सोही कारण बढेको हो । उपयुक्त पोलिसी नआएसम्म शेयर बजारमा सुधार आउन कठिन रहेको छ । सेयर बजारमा सुधार नआएसम्म अर्थतन्त्र चलयमान हुनै सक्दैन लेखेर राख्नुहोस्’ उनले भने। नियामकको पेचिलो नीतिले लगानीकर्ता मनोबल कमजोर बन्दै गएको उनले बताए ।

अब बजारले गति लिनको लागि नियामकबाट लतिलो नीति, ब्याजदर समेत घट्दो र लगानीकर्तामैत्रि पोलिसि ल्याउनु पर्ने लगानीकर्ताको तर्क छन् । सरकारको राजस्वको ठुलो हिस्सा बोकको बजारलाई लयमा ल्याउन सबै सक्रिय हुनु आवश्यक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*